एसईइको पूरक परिक्षा साउन २६ र २७ मा (हेर्नुहोस तालिकासहित)

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, ०९ : १४
एसईइको पूरक परिक्षा साउन २६ र २७ मा (हेर्नुहोस तालिकासहित)

काठमाडौँ । यसै साता प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा साउन २६ र २७ मा हुने भएको छ । राष्टिय परिक्षा बोर्डले परिक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ ।

असार १४ को निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षामा अनुपस्थित भएका परिक्षार्थीहरुका लागि पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

कुन दिन के को परिक्षा हेर्नुहोस तालिका :

 

प्रतिक्रिया दिनुहोस