ओखलढुंगा । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सत्ता टिकाउनका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको बताएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक समेत रहेका गजुरेलले वाम गठबन्धनलाई दक्षिणपन्थी भएको आरोपसमेत लगाए ।
ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वामपन्थी नभएर दक्षिणपन्थी भएको आरोप लगाएका हुन् ।
गजुरेलले एमाले र माओवादी दुवै वामपन्थी नभएकाले उनीहरुको गठबन्धनले दक्षिणपन्थीहरुलाई फाइदा पुगेको दावी गरे । ‘न एमाले वाम हो न माओवादी, यी दुवै वाम नभएकाले यिनीहरुको गठबन्धन प्रतिक्रियावादी सत्ता टिकाउने मोर्चा मात्रै हो’ गजुरेलले भने ।
प्रतिक्रिया दिनुहोस