हृदयेश त्रिपाठी कहिले छिर्लान् नेकपामा ?

सूर्य चुनाब चिन्ह लिएर चुनाब जितेका हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता संसदमा नेकपाकै सांसद भएपनि पार्टीमै भने छैनन्

सफल खबर संवाददाता

आइतबार, १५ असार २०७६, ०८ : ११
हृदयेश त्रिपाठी कहिले छिर्लान् नेकपामा ?

काठमाडौं । हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता कुन पार्टीका नेता होलान् ? संसदमा उनीहरुको परिचय नेकपाका सांसदको रुपमा छ । तर संसद बाहिर उनीहरु दुबैै नेताको साइनो सम्बन्ध नेकपासँग छैन । दुबै नेता नेकपाका पार्टी सदस्य होइनन र कुनै कमिटिमा छैनन् पनि । तर उनीहरुलाई पार्टी एकतापूर्व नै तत्कालिन एमालेले गत प्रतिनिधीसभा चुनावमा नवलपरासी र कपिलवस्तुबाट सूर्य चिन्हमा चुनाब लड्न दिएको थियो । विद्यानत : कनै दलको चुनाब चिन्ह लिएर निर्वाचन लड्न कुनै नेताले चाहेमा र चुनाव चिन्ह लिएर जितेमा ति नेता संसदमा त्यही राजनीतिक दलकै सांसदको हैसियतमा हुन्छन् ।

त्यही दलले लगाउने ह्विपमा र नीति नियममा रहनु पर्ने बाध्यकारी अवस्था ति नेतामा हुन्छन् । यी दुबै नेतालाई पनि यो बाध्यता अहिले छ । त्रिपाठी नवलपरासी १ र गुप्ता कपिलबस्तु २ बाट सूर्य चुनाब चिन्ह लिएर चुनाब जितेर
आएका थिए ।

त्यसपछि भने नेकपाले यि नेताहरुको समुहलाई पार्टी प्रवेश गराउने निक्कै प्रयास ग¥यो । तर त्यसले अझै मूर्तता पाउन सकिरहेको छैन । मधेस सम्बन्धि नेकपाको नीति प्रष्ट हुनुपर्ने, वैचारिक राजनीतिक धारणा आउनु पर्ने लगायतका अडानमा त्रिपाठीहरु अझै पनि छन् । ‘ढिलो चाडो एकता त होला, तर अझै विषयवस्तुमा मिलिसकेको छैन,’ त्रिपाठी समुहका एक नेताले भने,–‘छलफल अझै जारी छ ।’ त्रिपाठीहरुले अहिले स्वतन्त्र समुह बनाएर अगाडी बढिरहेको छ । यो समुहले अबको केही महिनाभित्रै आफ्नो समुहभित्र रहेका नेता कार्यकर्ताको जमघट गर्ने, भावना बुभ्mने र मात्र नेकपासँगको एकता अगाडी बढाउने या अन्य पार्टीसँगको एकता अगाडी बढाउने या अलग्गै राजनीतिक समुह बनाएर अगाडी जाने भन्नेमा एउटा निर्णयमा पुग्ने बताउँदै आएको छ ।

तर नेकपा सचिवालय सदस्य बामदेव गौतमले भने नेकपा संसदीय दलमै रहेका त्रिपाठी लगायत समुहसँग पनि एकताका लागि पार्टीमा छलफल चलिरहेको बताए । ‘उहाँहरु (त्रिपाठी समुह)सँग पनि एकताको छलफल चलेको छ, पार्टीभित्र’ गौतमले भने, –‘तर कहिलेसम्म कसरी एकता टुङग्याउने भन्नेमा भने कुनै निर्णयमा
पुगिसकिएको छैन । छलफल अझै जारी छ ।’

त्रिपाठीले भने मधेसी र थारु समुदायमा अझै नेकपा लोकप्रिय हुन नसकेको र त्यसो हुन नसक्नुको कारण नेकपाले खोज्नुपर्ने बताउँदै आएका छन् । यो विषय नेकपासँग सो समुहको एकताको अनौपचारिक छलफलका क्रममा पनि उठेको थियो । त्रिपाठीले सो कुरा शनिबार एक सार्वजनिक कार्यक्रममा पनि दोहो¥याएका थिए ।

२०४८ सालमा मदन भण्डारीले समेत मधेसी र थारु समुदायमा कम्युनिष्ट पार्टी लोकप्रिय हुन नसक्नुको कारण आफुलाई सोधेको स्मरण गदै त्रिपाठीले भनेका थिए , –‘मधेसमा नेकपा लाकेप्रिय हुन नसक्नुमा उनीहरुका लागि नेकपासँग नीति र कार्यक्रम नभएकै कारण हो ।’ त्रिपाठीहरुले नेकपासँग एकतापूर्व खोजेको विषय पनि यही हो । मधेसी र थारुलाई समेट्ने नेकपाको नीति र कार्यक्रम पहिले मूर्त गरिनु पर्ने । १६५ निर्वाचन क्षेत्र मध्ये ५९ मा थारु तथा मधेसी समुदाय निर्णायक रहेको भन्दै त्रिपाठीले नेकपा नेतासँग त्यस सम्बन्धमा पार्टीको ठोस अवधारणा ल्याउन
प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डसँग छलफलका क्रममा पटक पटक भनेका छन् ।

‘तराई मधेसमा ३० प्रतिशत मतदाता कांग्रेसका वंशज भोटर भएको र जति गाली परेपनि उनीहरुलाई नै भोट हाल्ने गरेको देखिएको छ । बाँकी ७० प्रतिशत ठाउँ खाली छ । वाम आन्दोलनको फुर्तीफार्ती राजमार्गसम्म मात्र किन रहन्छ
भन्ने पहिले सोच्नुपर्छ,’ त्रिपाठी भन्छन्, – ‘कम्युनिष्ट पार्टीले गर्न नसक्ने अनि हिन्दु गए, पृथकतावादी गए भनेर रोएर हुन्छ ? नेकपाले पहिले स्पष्ट नीति कार्यक्रम ल्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस