अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, ०९ : २०
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन । बिहान ७ बजेदेखि बन्द नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । बिहान खसेको पहिरो हटाइएपछि यातायात सुचारु भएको हो ।

अहिले पहिरो हटेपछि  दुई तर्फी नै गाडी गुड्न थालेको बताइएको छ । बिहान ७ बजेतिर खसेको पहिरो केही समयअघि हटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस