'माया सररर' भन्दै पललाई छाडेर सचिन तिर आँचल शर्मा (भिडियोसहित)

सफल खबर संवाददाता

शनिबार, ०७ असार २०७६, १७ : १८
'माया सररर' भन्दै पललाई छाडेर सचिन तिर आँचल शर्मा (भिडियोसहित)

काठमाडौं । केही समय अघि १२ बर्षको अन्तरलालमा सन्देशमुलक गीत  'ए मान्छे' ल्याएर दर्शक माझ फर्केका पुराना चर्चित गायक सचिन रौनियारको नयाँ गीत 'माया सररर' शुक्रबार सार्वजनिक गरिएको छ ।

ए मान्छे बोलको गीतको अपार सफलतापछि गायक रौनियारले दर्शक माझ पुन अर्को गीत  'माया सररर'  ल्याएका हुन । गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शव्द तथा संगीत जितेन लेप्चाको नै रहेको छ । मोडल तथा नायिका आँचल शर्माको अभिनय रहेको 'माया सररर' को भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन भिडियोमा गायक सचिन रौनियार तथा  जितेन लेप्चा दुबै जना नायिका आचल शर्माको पछि लागेर गीतमार्फत फकाउन खोजिएको देखाइएको छ । नौबिसेस्थित एक सुन्दर रिसोर्टमा छायांकन गरिएको भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र  बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।  
गीत रोमान्टिक पाराको भएका कारण यस गीतलाई पनि दर्शकले ए मान्छेलाई जसरी मनपराइदिने कुरामा आफू विश्वस्त रहेको गायक रौनियारले बताए । गीतलाई एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस