खेत रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

सोमबार, २७ जेठ २०७६, १७ : ३९
खेत रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करीब ५ः३० बजे चट्याङ लागेर सात जना महिला घाइते भएका छन् । 

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिनुभएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाई, कल्पना दमाई, दुर्गा दमाई, जमुना दमाई र मिट्ठु दमाई घाइते हुनुभएको हो । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।(रासस)
 

प्रतिक्रिया दिनुहोस