भरतपुर अस्पतालमा बालकको मृत्यु भएपछि तनाव, ६ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, ०६ : ३१
भरतपुर अस्पतालमा बालकको मृत्यु भएपछि तनाव, ६ जना पक्राउ

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि तनाव भएको छ । रौतहत चन्द्रपुर नगरपालिका वडा न ५ का प्रकाश वस्नेतका १४ महिने छोरा युदिन वस्नेतको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव भएको हो । 
वस्नेतलाई अस्वस्थ भएपछि गएको १४ गत्ते दिउँसो साढे १२ बजे अस्पताल भर्ना गरीएको बताईएको छ । उनको उपचारका क्रममा विहिवार राति साढे ७ बजे मृत्यु भएको थियो । 
वस्नेतका आफन्तले चिकित्सकको लापार्वाहिले बालकको मृत्यु भएको आरोप लगाएका छन । उता अस्पालले भने आमाको दुध खानेक्रममा सर्किएर ज्यान गएको बताएको प्रहरीले जनाएको छ ।
यसैविच स्थिति तनावग्रस्त बन्दै गएपछि ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस