सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्ने

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १७ : २६
सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्ने

काठमाडौ । सरकारले सरकारी तवरबाट दिइने उपहारहरु स्वदेशी उत्पादन नै हुनुपर्ने नियम ल्याउने भएको छ ।

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अबदेखि सरकारी तवरबाट कुनै पनि व्यक्ति वा संसघ–संस्थालाई उपहार दिँदा अनिवार्य रुपमा स्वदेशी उत्पादन दिनुपर्ने व्यवस्था गरिएको जानकारी दिएका हुन् । 

मुलुकलाई २ दर्जन उत्पादनमा आत्मनिर्भर बनाइने लक्ष्य बजेटले लिएको छ ।  यसका लागि अत्यावश्यक वस्तु उत्पादनमा निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गरिने भनिएको छ ।  


 

प्रतिक्रिया दिनुहोस