दैलेखमा मिनी ट्रक दुर्घटना, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, १२ : २६
दैलेखमा मिनी ट्रक दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–१, रिगलपानीमा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दैलेखका एक अधिकारीले जानकारी दिएका छन् । 
शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको हो । दुर्घटनास्थल नजिकको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । 
जिल्लाको टोली पुगेपछि मात्रै थप विवरण प्राप्त हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस