काठमाडौंको टोखामा एक पुरुषको शव भेटियो, हत्याको आशंका

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, १० : ५८
काठमाडौंको टोखामा एक पुरुषको शव भेटियो, हत्याको आशंका

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणीन्द्र प्रसाईंले शवको पहिचान नखुलेको जानकारी दिए ।

पुरुषको शरीरमा चोटपटक देखिएकोले  हत्या भएको आशंका  स्थानियबासीले गरेका छन् । तर, डिएसपी प्रसाईंले मृत्युको कारण नखुलेको र प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
‘सडक किनारको खोल्सा छेउँमा शव भेटिएको हो, अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस