पहाडि क्षेत्रलाई राम्रो संग चिनेको व्याक्तिलाई बिजयी गराउन आग्रह

आइतबार, २६ कार्तिक २०७४, १७ : २२
पहाडि क्षेत्रलाई राम्रो संग चिनेको व्याक्तिलाई बिजयी गराउन आग्रह

प्रदेश सभाका लागि नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ (क) का उम्मेदवार जितनारायण श्रेष्ठले पहाडि क्षेत्रलाई राम्रो संग चिनेको व्याक्तिलाई बिजयी गराउन आग्रह गर्नु भएको छ ।

पहिला बिकट भन्नेहरु अहिले सोहि क्षेत्रबाट निर्वाचनमा लड्न लागेको भन्दै पहाडि क्षेत्रको राम्रो ज्ञान भएका व्याक्तिले मात्र बिकास गर्न सक्ने बताउनु भयो । कालिका नगरपालिका वडा नम्बर १ र ९ को वडा कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले स्थानिय क्षेत्रको बिकासका लागि क्षेत्रबारे ज्ञान भएका व्याक्ति आबश्यक रहेको बताउनु भयो ।

नेपाली काँग्रेसले शक्तिखोरको सभापति र सोहि क्षेत्रको व्याक्तिलाई उम्मेदवार बनाउनुले यस क्षेत्रको बिकासमा ठूलो योगदान दिने उहाँले बताउनु भयो । आफु बिजयी भए पहाडि क्षेत्रको बिकास संगै पर्यटकिय तथा औद्योगिक क्षेत्रको रुपमा पहिचान दिन सक्ने क्षेत्रको रुपमा परिचित गराउने उहाँले बताउनु भयो । सिराई चुलि र उपदानगडिलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने जसले गर्दा यस क्षेत्रका जनताको आर्थिक बिकास हुने उहाँले बताउनु भयो ।

भौगोलिक रुपमा परिचित हुनुको नाताले यहाँको बिकासका लागि आफु उपयुक्त पात्र रहेको श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस