फेरि पनि रोल्पामा माओवादी नेता बर्षमान पुनलाई लक्षित गरि गोली प्रहार

आइतबार, २६ कार्तिक २०७४, १७ : ०८
फेरि पनि रोल्पामा माओवादी नेता बर्षमान पुनलाई लक्षित गरि गोली प्रहार

रोल्पा । माओवादी नेता एवं रोल्पामा प्रतिनिधि सभा सदस्य उम्मेदबार बर्षमान पुनलाई लक्षित गरी गोली प्रहार भएका छ । दुईखोली गाउँपालिका छ वागमारामा चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आज विहान पुनलाई लक्षित गरेर गोली प्रहार भएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

विहान एघार बजेर पच्चिस मिनेट जाँदा पुनलाई लक्षित गरेर दुईखोला गाउँपालिका तीन केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको रोल्पा प्रहरीले जानकारी दिएको छ । पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । करिव पाँच सय मिटर टाढाको दूरीबाट पेस्तोलको आवाज आएको प्रहरीको भनाइ छ । राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगा पल्टाएर बाटो अवरोध गर्ने प्रयास समेत गरिएको बताइएको छ । यसअघि सुकिदह गाउँपालिकाको चुनावी सभाबाट घर्तीगाउँ फर्कदै गर्दा भिताबाङमा पुनलाई लक्षित गरेर एम्बुस समेत विष्फोट गराइएको थियो । एम्बुस विष्फोट र पेस्तोल पड्काइएको घटनाको कसैले जिम्मेवारी नलिएपनि प्रहरीले दुवै घटना नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस