टिकौलीको सडक दस्तुर संकलन गर्ने ढाटमा आगजनीको प्रयास

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, १६ : ०८
टिकौलीको सडक दस्तुर संकलन गर्ने ढाटमा आगजनीको प्रयास

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको सडक बोर्ड नेपालको सडक दस्तुर संकलन गर्ने ढाटमा आगो लगाउने प्रयास भएको छ ।

शुक्रबार सर्वसाधारणले सदरमुकाम पुगेर फर्किंदा जिल्लाबासीले नै पटक पटक सडक दस्तुर तिर्नुपरेको भन्दै युवाहरुले पूर्वपश्चिम राजमार्गमा पर्ने टिकौली ढाटमा आगजनीको प्रयास गरेका हुन् । युवाहरुले संकलन केन्द्रमा पेट्रोल छर्केर आगजनीको प्रयास गरेका थिए । तर प्रहरीले आगो तत्काल नियन्त्रण गरेका कारण क्षति भएको छैन ।

आगो नियन्त्रणको प्रयास गर्दा ढाटमा कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन् । खड्काको हात, खुट्टा, शरीर र टाउकोमा आगोले पोलेको छ । घाइते खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रेष्टुरेण्ट एण्ड वार एशोसियशन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनी गर्ने युवाहरुको पछि गाडीमा आइरहेका कारण अध्यक्ष गिरीलाई नियन्त्रणमा लिइएको कार्यालयले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस