टमाटर किन यति महंगो ? एक केजीको सय रुपैँयासम्म

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, १४ : ००
टमाटर किन यति महंगो ? एक केजीको सय रुपैँयासम्म

– उर्गेन तामाङ्ग
चितवन । ‘आम्मामामामा,,,, कति महंगो ? नुन भन्दा चर्को टमाटर कसरी खानु ?’ उनी अच्चम्मीत थिइन टमाटरको भाउ सुनेर । पसलेको भनाइ विश्वास नलागेझँै गरी फेरी सेधिन ‘होर भन्या, त्यति त होईनहोला भाई ?’ किनेर खान गाह्रो पर्नेभो अब ।’ चितवनको भरतपुर महानगरपालिका १० की सविता नाम बताउने महिलाले पसलेसँग गरेकी संवादको एक अंश हो यो । जतिवेला ती महिला एउटा खुद्रा तरकारी पसलमा टमाटर किन्दै थिईन । 
पछिल्ला केहि दिन यता चितवनको तरकारी बजारमा टमाटरको मुल्य छोईनसक्नु भएको छ । अहिले चलेको टमाटरको मुल्य यसवर्षकै महंगो भएको सम्बन्धीत व्यापारी र उपभोक्ताहरु नै बताउछन । मुल्य अत्यधिक महंगो भएपछि यसको चर्चा अहिले घरको भान्साकोठा देखि सामाजीक सञ्जाल हुँदै सरोकार निकायसम्म चुलीएको छ । साथीभाईविच भेट हुँदा टमाटरको मुल्य पनि कुराकानीको एउटा प्रशंग बन्ने गरेको छ । 

१ केजी टमाटरको १०० रुपैयाँसम्म
कृषकबाट व्यापारी हुँदै उपभोक्तासम्म पुग्दा टमाटरको मुल्य साँचै नुन जस्तै चर्को हुनेगरेको पाईन्छ । केहि दिनयता चितवनको खुद्रा बजारमा १ केजी टमाटरको उपभोक्ताले १०० रुपैँयासम्म तिर्नुपरेको छ । खुद्रा व्यवसायीले टमाटर तरकारी बजारबाट होलसेलमा ५० देखि ६५ रुपैँयासम्ममा लगेर उपभोक्तालाई १०० रुपैँयासम्मा विक्रि गर्नेगरेका छन । 
निजी क्षेत्रले भरतपुर महानगरपालिकासँगको समन्वयमा कालीमाटीपछिकै ठुलो महानगर फलफुल तथा तरकारी थोक विक्रि बजार क्षेत्रपुरमा गत वर्षको असोज ७ गत्तेबाट सञ्चालनमा ल्याएको छ । २२८ वटा स्टल रहेको सो बजारमा तरकारी होलसेल ८० वटा, फलफुलका होलसेल ७० वटा, खुद्रा ४० वटा र २८ वटा फलफुल र तरकारीबाहेकका कृषी उपजका स्टल रहेका छन । 

यस्तै किसानले आप्mना उत्पादन आफै विक्रि गर्नसक्ने गरी कृषी अक्सन बजारका रुपमा १० वटा निशुल्क स्टल राखिएका छन । ति स्टलमार्फत किसान आफैले दैनिक २५ क्विन्टरसम्म टमाटर विक्रि गर्नेगरेको अक्सन बजार सञ्चालन समितिका सदस्य तथा कृषक रामचन्द्र रेग्मी बताउछन । उनका अनुसार अधिकांसले बारीबाटै विक्रि गर्नेगरेका छन । मुल्य बढेसँगै कृषकले अहिले प्रतिकेजी न्युनतम ५० देखि ७५ रुपैँयासम्म पाउछन । यो बजारमा कृषकका लागी डिजीटल काँटा राखिएको छ । अक्सन बजारमा राखेको डिजीटल काँटा प्रयोग गरेबापत एक पटकमा ५ रुपैँया तिर्नुपर्छ । 

किसानले

टमाटर एक मुल्य अनेक 
किसानको उत्पादनलाई उक्त अक्सनबजार र होलसेल बजारबाट किनेर व्यवसायीले हाटबजार तथा खुद्रा पसलमा लगेर बेच्नेगरेका छन । एउटै टमाटर उपभोक्ताले फरक फरक मुल्यमा किन्नुपर्छ । खुद्रा व्यापारी देविलाल रिमालले भरतपुर १८ गञ्जानगरको हाटबजारका लागी २० क्रेट भन्दा बढी गाडीमा लोड गर्दैथिए । अक्सन बजारमा किसानले ल्याएका टमाटर प्रतिकेजि ५० रुपैँयाले किनेर हाटबजारमा लगेर प्रतिकेजी ८० देखि ९० रुपैँयासम्ममा विक्रि गर्ने उनले बताए । सँगै रहेकी अर्की महिलाले त्यहि टमाटर प्रति केजी १०० रुपैँयामा विक्रि गर्ने बताए पनि रिमालले हाटबजारमा उपभाक्ताले सस्तो खोज्ने गरेको बताए । 

यस्तै देवघाटका खुद्रा व्यापारी राजेन्द्र मिश्र पनि होलसेल पसलबाट टमाटर किन्दै थिए । उनले छानेर थोरै लानेभएकाले ७० रुपैँया प्रतिकेजीमा किने । लगेर उपभोक्तालाई प्रतिकेजी १०० रुपैँयामा विक्रि गर्ने मिश्र बताउछन । 
यस्तै भरतपुर १२ मालपोत चोकमा खुद्रा तरकारी व्यापार गर्दै आएका ढाकाराम सुवेदिले होलसेलमा प्रतिकेजी ८५ सम्ममा खरीद गरी उपभोक्तालाई १०० रुपैँयामा विक्रि गर्नेगरेको सुनाउछन । उनका अनुसार टमाटर महंगो भएपछि ग्राहकले पनि मितव्ययिता अपनाउछन । उनले भने ‘पहिले १ केजी लाने ग्राहक आधा केजी र आधा केजी लाने ग्राहक अहिले एक पाउमा झरेका छन ।’ भरतपुर १२ की गितारत्न साहले आफुले केहि दिन यता दैनिक रुपमा प्रतिकेजी १०० मा किनेर खाईरहेको बताए । 

किन बढ्यो मुल्य ? 
जिल्लामा उत्पादन कम हुनु र उत्पादन भएका पनि कम गुणस्तरको हुँदा टमाटरको मुल्य पछिल्ला दिनमा आकासिएको फलफुल तथा तरकारी थोक विक्रेता संघ चितवनका निवर्तमान अध्यक्ष थिर प्रसाद धितालको भनाई छ । यो सिजन टमाटर कम उत्पादन हुने सिजन पनि हो धितालले भने । यतिमात्र होईन ‘भारतमा भएको चुनावका कारण सिमानाकामा कडाई हुँदा भारतीय टमाटर सहज रुपमा नेपाल आउन नसक्दा पनि माग अनुसार आपुर्ति कम भएर मुल्य बढेको हो ।’ 



जिल्लाका पुर्वि चितवन र पश्चिम चितवनका विभिन्न स्थानबाट केहि टमाटर बजारमा आउने गरेपनि सधैको तुलामा कम भएको उनको भनाई छ । उनका अनुसार पुषदेखि जेठ १५ सम्म चितवनको उत्पादनले बजारको माग धान्नेगरेकोमा यसवर्ष चाँडै सकिदै गएको छ । अब छिमेकि जिल्ला धादिङ लगायत विभिन्न स्थानबाट आउने र भारतीय टमाटर पनि भित्रीन थालेकाले मुल्य विस्तारै घट्ने उनको विश्वास छ ।  

सित भण्डारको पहल

कृषकले उत्पादन गरेका बस्तु राख्नका लागी सित भण्डार नहुँदा बजारमा मुल्य तिब्र उतारचढाव हुनेगरेको छ । धेरै उत्पादन हुँदा खेर जाने डरले सस्तोमा भए पनि विक्रि गर्नुपर्ने बाध्यता र थोरै उत्पादन हुँदा उपभोक्ताले चर्को मुल्यमा किन्नुपर्ने अवस्थाको अन्त्यका लागी सित भण्डार स्थापना गर्न पहल भईरहेको धितालको भनाई छ । सित भण्डारका लागी प्रदेश सरकार र भरतपुर महानगरसँग कुरा गरेको उनले बताए । फलफु्ल तथा तरकारी बजारमा एउटा सित भण्डार बन्नसके मुल्यको अस्वभाविक उतारचढाव केहिहदसम्म नियन्त्रणमा आउने धितालले भने ।  

यस्तै थोक विक्रेता बाबुराम घिमिरेका अनुसार यो सिजनमा भारतमा टमाटर प्रतिकेजी ३० रुपैँया भारु पर्छ । ढुवानी खर्च ८ रुपैँया र भन्सारमा ३ रपैँया तिरेर पसलमा आईपुग्दा ५० देखि ६५ रुपैँयासम्म पर्नेगरेको छ । चितवनका थोक विक्रेताले बुटवल लगायतका सहरबाट पनि तरकारी ल्याउने गरेका छन । केहि दिनअघि टमाटरको होलसेल मुल्य प्रतिकेजी ८० रुपैँयासम्म पुगेको थियो । उनका अनुसार खुद्रा पसलेले होलसेलमा एकपल्ट महंगोमा लगेर १०० रुपैँयामा बेचेपछि मुल्य घटे पनि पछिसम्म नै अगाडीकै चर्को मुल्यमा उपभोक्तालाई बेच्नेगरेका छन । यसकारण पनि उपभोक्ता चर्को मुल्यमा पर्नेगरेका छन । 

तरकारी बजारमा मुल्य उतारचढाव भईरहने भए पनि केहि खुद्रा पसलले सोहि अनुसार विक्रि वितरण नगर्दा उपभोक्ता चर्को मुल्यमा पर्नेगरेका छन । उनले भने ‘उपभोक्तासँग नजिक हुने भनेको खुद्रा व्यापारीहरु हुन, उनिहरुले मुख्य वजार र उपभोक्तविचको पुलको काम गर्नेभएकाले ठिक्क नाफा खाएर बेच्नुपर्छ ।’ बजार मुल्यलाई सधैँ सन्तुलन कायम राख्न कृषकलाई विउविजन, परामर्स, बजारको माग अनुसार आपुर्ति, अनुगमन, कृषकको उत्पादनलाई बजारीकरण र आवश्यक समन्वय एकद्धार प्रणालीबाट गर्नुपर्ने बाबुरामको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस