कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्न : अर्काको प्रतिवेदन पढ्छ राष्ट्रपतिले ?

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, ११ : ५२
कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्न : अर्काको प्रतिवेदन पढ्छ राष्ट्रपतिले ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनी गरेको सम्बोधनको बचाउ गरेका छन् । पार्टी एकताको वर्ष दिन तथा मदन आश्रित स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विश्वभरका देशमा संवैधानिक हैसियतमा बसेका राष्ट्रपतिले जो सकुैको सरकार आएपनि मेरो सरकार नै भन्ने गरेको भन्दै कांग्रेसलाई अनावश्यक राजनीति नगर्न सुझाएका हुन् ।

‘अरु संसारभरीको अभ्यास हेरे हुन्छ । भारतमा पनि राष्टपति कार्यकारी होइन, राजा महाराजा त्यहा पनि छैन । यहा जस्तै त्यहा सम्वोधन गर्ने चलन छ । त्यहा जसको सरकार भए पनि मेरो सरकार भन्छ राष्टपतिले’  प्रधानमन्त्रीले विपक्षी काग्रेसलाई प्रश्न गदै भने, यहाँ पनि राष्टपतिले त्यही गर्नुभएको हो ।  राष्टपतिले मेरो सरकार नभनेर के भन्छ ? अनि आफनो सरकारको प्रतिवेदन नपढेर के अरुको प्रतिवेदन पढछ राष्ट्रपतिले ?’

सरकारको नीति तथा कार्यक्रममा विरोध गर्ने विषय नै नभेटेर काग्रेसले मेरो सरकारको विषयमा स्याल हुइयाँ चलाएको प्रधानमन्त्रीले वताए ।

‘यहाँ वहुलै स्याल हुइया मच्चाइयो । नीति कार्यक्रममा विरोध गर्ने केही भेटिएन अनि नचाहिने कुरामा जनताको ध्यान भडकाउने । जनताको ध्यान विकास तिर जान नदिन साना तिना गलत कुरा उठाएर हो की क्या हो भनेर उठाउने काम भएको छ । राजाले पनि भेनको त्यही हो । जो कोहीले पनि राष्टप्रमुखले के भन्ने ।’ प्रधानमन्त्रीले काग्रेसले नवुझेर भन्दा पनि वुझिवुझि राष्टपतिको विरोध गरेको वताए ।

उनले भने, –‘काग्रेसले यति पनि नवुझेर विरोध गर्छ ? आफुलाई जेठो पार्टी भन्छ काग्रेसले । अहिले काग्रेसले गरेको विरोध राष्टपतिको विरोध गरेको होइन, सस्थाको विरोध गरेको हो । गणतन्त्रको परिपाटी र पद्दतीको विरोध हो । ’

नेकपा अहिले वहुमतका साथ सरकारमा रहेको भन्दै यसलाई कतिपयले पचाउन नसक्दा अनेक विरोधका आवाज उठाउन खोजेको प्रधानमन्त्रीको भनाई थियो । उनले अहिले दुई तिहाई नै नभएपनि अवको चुनाव पछि भने दुई तिहाई वहुमत ल्याउने जिकिर पनि प्रधानमन्त्रीले गरे ।

‘नेकपाको वहुमतको सरकार छ । त्यसलाई कतिपयले पचाउन सकेको छैन । हामीसँग अलिकति दुई तिहाई अहिले छैन । अर्काेपटक हामी दुई तिहाई ल्याँउछौं ।’ प्रधानमन्त्रीले भने,–‘ यो पार्टीका नेताहरु कोही धन कमाउन हिडेको छैन । जनताको काम गर्न हिडेको छ । यो अहिलेको सफलता शिखर होइन, पारम्भको सफलता हो । अझ सफलता चुमाउँदैं पार्टीलाई नमुना पार्टी वनाउँछौं । अनुशासित पार्टी वनाउँछौं । आन्तरिक के भन्ने, सार्वजनकि के गर्ने, आवेगका के, यथार्थ के भन्ने छुटटाएर अभिब्यीक्त दिने काम हामी नेताले पनि गर्नुपर्छ ।’

प्रधानमन्त्रीले लाकेतन्त्र र अराजकता सँग सागै जान नसक्ने भन्दै लाकेतन्त्र कानुनी शासन हो भनी वझुन आग्रह गरे ।

‘लोकतन्त्र र अराजकता एउटै विधि होइन । अराजकतालाई लोकतन्त्र, स्वाधिनता, स्वतन्त्रताको परिधिभित्र राख्न खोज्ने र लोकतन्त्र भनेको कानुनी शासन हो भन्ने वुझन नसक्ने काम गर्नु हुदैन । ’ प्रधानमन्त्रीले भने,– ‘ जुन पार्टीले यत्रो वलिदान दिएर आयो, त्यही पार्टीले लोकतन्त्रको मूल्य मान्यतामाथी दायाँवायाँ कहिल्यै गर्न सक्छ ? आशंका नगरे हुन्छ । ’

ओलीले थप यसो भने ः
– जनवर्गीय संगठनको नेतृत्प अहिले चयन भएको छ । जिम्मेवारी पाउनु भएकाले फराकिलो ढंगले काम गर्नुपर्छ । यतिवेला मन दुखाउने होइन, एकता र एकीकरणको भावनालाई अगाडी वढाउनु पर्छ । हामी दुई पार्टी र दुई वटा वैचारिक धारलाई मिलाएर एउटा पार्टी वनाएका छौं । नछुटिटने गरी भावना जोडेका छौं ।

– अरु केही काम वाँकी छन्, कमिटि , निकायहरुको गठनको काम वाकी छन, त्यसको काम पनि केही दिनमै हुन्छ । त्यसमा विलम्व हुदैन । म विश्वस्त वनाउन चाहान्छु ।

– हामी एउटा महान् अभियान, आन्दोलनमा छौं । परिस्थितीहरु चुनौतिपूर्ण छन् । पराजित शक्तिहरुले जनताको एक्ता, जनताको आन्दोलनलाई देख्न चाहादैनन् । त्यसकारण उनीहरु यो स्थितीलाई भत्काउन, विगार्न लागिपर्छन् । 

प्रतिक्रिया दिनुहोस