जमिनसम्मै पुग्ने र जनतासँग जोडिने अभियान सुरु गर्दैछौं : प्रचण्ड

पार्टीलाई सिध्याउन भूमिगत षड्यन्त्र जारी छ, तर उनीहरुका कुनै तागतले हामीलाई भत्काउन सक्नेछैन

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, ०९ : ३३
जमिनसम्मै पुग्ने र जनतासँग जोडिने अभियान सुरु गर्दैछौं : प्रचण्ड

फाईल फोटो

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब जनतासँग गहिरो सम्बन्ध बनाउने अभियानमा अगाडि बढ्ने बताएका छन् । मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक् वर्ष पुगेको अवसरमा मदननगर वल्खुमा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गदै अध्यक्ष प्रचण्डले अवको केही दिनमै पार्टीले जनतासम्म पुग्ने अभियान लिएर देशब्यापी अभियानमा जान लागेको वताएका हुन् ।

‘जनतासँगको गहिरो सम्वन्ध वनाउने गरि जनिमनसम्मै जाने योजना अव हामी वनाउँछौं । जान्छौं । त्यसक्रममा  जिल्ला अधिवशेन र केन्द्रीय महाधिवेशन गरेर अझ वढी पार्टीलाई सुढीकरण गरेर जनतासँग गहिरो सँग गासिएको संगठनको रुपमा अगाडी वढाउँछौं ।’ प्रचण्डले भने ।  
 
विगतका कम्युनिष्ट आन्दोलनका सकारात्मक कुरालाई साथ लिने र नकारात्मक अनुभववाट शिक्षा लिदै नेपालको कम्युनिष्ट आन्दोलन अगाडी वढाउनु पर्ने वताउँदै प्रचण्डले विगतको इतिहासको शिक्षा लिएर समाजवादको खोजी गर्नु अहिलेको कम्युनिष्ट आन्दोलनको मार्गचित्र हुनुपर्ने वताए ।
 
विश्वमा ठूला ठूला क्रान्ति हरु प्रतिक्रान्तिमा परिणत भएको भन्दै प्रचण्डले त्यसको हिसावकिताव गदै  २१ औं शताब्दीको दोश्रो दशकमा वलियो कम्युनिष्ट पार्टी वनाउँदै समाजवादको खोजी गर्नुपर्ने वताए ।

मदन भण्डारीको योगदानको स्मरण गदै प्रचण्डले उहाको सोच्ने, काम गर्ने शैलीका विषयमा अध्ययन गरेर मदन भण्डारीको जस्तै नयाँ तरिकाले सोच गर्ने गरी विकासको विकास गर्ने, राजनीतिक रणनीतिको विकास गर्ने गरी अगाडी वढनु पर्नेमा जोड दिए ।

फकर विचारधारका पार्टीहरुका वीचमा एकता गरेर आफुहरुले नयाँ केही गर्ने सोच र योजनाका साथ पार्टी एकता गरिएको प्रचण्डको भनाई थियो ।

गणतनत्र, धर्मनिरपेक्षता, संघीयता, मसानुपातिक समावेशिताहरुको रक्षा गदै नयाँ ढंगले राजनीतिलाई संश्लेषण गरेर जानुपर्ने प्रचण्डले वताए ।

विचारलाई जडता र संर्किणताको रुपमा मात्र वुझने प्रयास गरेको भए फरक धारका पार्टी वीच एकता हुन नसक्ने भन्दै ठोस परिस्थिती अनुसार अगाडी वढन सक्ने आट नगरेको भए पार्टी एकता हुन नसक्ने प्रचण्डको भनाई थियो ।

मदन भण्डारीले पनि संकिणता र जडताले कहिल्यै नसोचेको भन्दै अवको नेकपाले पनि वस्तुगत परिस्थिती हेदै ठोस अवस्थामा ठोस रणनीति वनाएर अगाडी वढनु पर्ने प्रचण्डले वताए ।

अहिलेको अवस्थाले मात्र समाजवाद नआउने भन्दै प्रचण्डले त्यसका लागि ठोस आधारहरु तयार पादै अगाडी वढनु पर्ने वताए ।

समाजवादलाई रणनीति, जनताको जनवादलाई पनि समाजवादको मार्ग निर्देशन गर्ने गरी पार्टी एक्ता गरेको भन्दै अध्यक्ष प्रचण्डले पार्टी क्एता अन्धभक्त भएर नगरिएको वताए । सही विचार, वर्गसंर्घषका अनुभवका संर्घषको अनुभव र उत्पादन र वैज्ञानिक समाजको मार्गवाट हुन्छ भनेर एकता गरेको प्रचण्डको भनाई थियो ।

‘समाजवादको नयाँ विकल्प दिने आँट गर्नेछौं भनेर हामी आएका छौं, त्यसो गरे मात्र हामीले अग्रजहरुको सम्मान गर्न सक्छौं । हामीले पूराना कुरामात्र दोहोराउने काम गरिरहयौं भने हामी वैत्रानिक हुन सक्दैनौं,’ प्रचण्डले भने ।

नेकपाले कति गर्न सक्छौं अहिल्यै भन्न नसकेपनि माक्र्सवादलाई धर्मशास्त्रका रुपमा होइन विकास गरेर जाने योजनामा पार्टी अगाडी वढाउन खोजेको प्रचण्डले वताए ।

नया आन्दोलन, नयाँ पार्टी र सस्ृकतिको विकास गर्ने आँट हामीले अहिले गर्नुपर्छ त्यो नै सवै शहीदहरुप्रतिको सञ्चा श्रदान्जली हुन्छ, प्रचण्डले भने ।

कार्यक्रममा थप यसो भने प्रचण्डले :
– कम्युनिष्ट आन्दोलनलाई वदनाम गर्ने, अपमानित गर्ने, हेम्ने काम विगत स्थापना देखि नै हुदै आएको हो । कम्युनिष्ट नेतृत्वलाई विभाजन गर्ने प्रयास भएका हुन् । हामीलाई अधिनाकयवादी हुन भनेर प्रचार गर्ने काम हजारौं पटक भए । तर हामीले त्यसको प्रतिकार गदै आएका छौं, त्यो विज्ञानसम्मत रुपमा प्रतिकार गरेका छौं,

भूमिगत षडयन्त्र देखेका छौं । अनेक षडायन्त्र गरेपनि त्यो सफल हुने छैन । हामी सवै षडयन्त्र तोडेर अगाडी जान्छौं । अव हाम्रा विरोधीलाई पनि थाहा भइसक्यो । यिनीहरु अर्के धातुले वनेका मान्छेहरु रहेछन भन्ने वुझिसकेका छन् ।

हेदै जानुहोला , हामी लाइृ प्रतिक्रियावादीका कुनै तागतले हामीलाई हल्लाउन सक्ने छैनन । 

प्रतिक्रिया दिनुहोस