किन रोजे ओलीले विद्यार्थी संगठनमा ऐन महर ?

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, ०७ : ५७
किन रोजे ओलीले विद्यार्थी संगठनमा ऐन महर ?

काठमाडौं । सत्तारुढ दल नेकपाले जनवर्गीय संगठनको नाम, नेतृत्व र केन्द्रीय समितिको संख्या पार्टी एकताको वर्ष दिनपछि बल्ल टुंग्याएको छ । अन्य जनवर्गीय संगठनमा पूर्ववत संगठनका अध्यक्षलाई नै एकतापछिको संयोजक बनाइएपनि विद्यार्थी संगठनमा भने शीर्ष नेताहरुकै असहमतिकाबीच पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले विना मापदण्डै अखिलका महासचिव रहेका ऐन महरलाई अध्यक्ष बनाई छाडे ।

तत्कालिन अखिलमा अध्यक्ष रहेकी नविना लामा संसद छिन् । तर उपाध्यक्षहरु सोपानक्रममा नेतृत्वमा ल्याउन सकिने भएपनि महासचिव महरलाई नै ओलीले काखी च्यापे । माधव नेपाल, झलनाथ खनाल लगायत शीर्ष नेताले महरलाई फिटिक्कै मन पराउँदैनन । तर पनि उनको लागि मात्रै ओलीले बैठकमा अड्डी नछोडेपछि नेकपा सचिवालयले महरलाई अध्यक्ष बनाउने बाध्यात्मक निर्णय लियो ।

उता तत्कालिन माओवादी तर्फका अखिल क्रान्तिकारीका अध्यक्ष थिए रन्जित तामाङ । तामाङ माओवादी तर्फका जनसंगठनका यस्ता अध्यक्ष थिए, जो एकमात्र राष्ट्रिय सम्मेलनमा गोप्य मतदानवाटै निर्वाचित थिए । असारसम्म संगठनको कार्यकाल पनि बाँकी नै थियो ।

नेतृत्वका लागि उनले योग्यता र क्षमता पनि राख्न सक्थे । तर यी सबै कुरालाई छोडेर महरकै लागि ओलीले किन यति मरिहत्ते गरे ? यो विषय अहिले सर्वत्र चासोको विषय वनेको छ ।
महर ओलीका अति विश्वास प्राप्त कसरी बने ? उनका लागि ओलीले बिद्यार्थीमा ऐन नभए अहिले जनसंगठनको एकता नटुंग्गिने सचिवालय बैठकमै किन बोले ? नेकपा स्रोतहरुका अनुसार, महर ओलीका अति विश्वासपात्र विद्यार्थी नेता हुन् ।
तत्कालिन माओवादीको युवा संगठन वाईसिएलको बढ्दो लोकप्रियताका बेला वाईसिएलसँग भिड्न ओलीले युवा संगठनभित्र युथ फोर्स बनाएका थिए ।

महेश बस्नेतको नेतृत्वमा गनठ गरिएको उक्त फोर्सको प्रत्यक्ष कमाण्ड बस्नेतले गर्थे भने त्यसको साहायक भएर भित्री रुपमा महरले नै नेतृत्वदायी भूमिका खेलेका थिए ।

उनी अति विवादास्पद पनि छन् । आफ्ना पक्षका नेता कार्यकर्ताको रक्षाका सवालमा मुढे शैलीमा भिड्ने र गुट रक्षामा खरो उत्रने नेताभित्र उनी पर्छन् ।

ओलीका हर कदममा संगठनभित्र खरो रुपमा उत्रदै आएका महर युवा संगठनभित्र अहिले रहेका नेता भन्दा ओलीका बढी विश्वासप्राप्त पनि बने । त्यही भएर पनि उनलाई ओलीले नेतृत्व दिन शढी नै आशक्ति देखाए ।

को हुन् महर ?
महर बझाङका हुन् । अस्कल क्याम्पसबाट आइएस्सी गरेका थिए महरले  । त्यसबेला वामदेवको माले अखिलमा थिए महर । पछि वामदेवहरु एमालेमै घर फर्केपछि भने उनी वामदेव छोडेर केपी ओली तिर लागे । विद्यार्थी संगठनमा उनको पृष्ठभूमि नै विवादास्पद छ । उनी शुरु देखि नै गुण्डागर्दीमा थिए ।

त्रिचन्द्र क्याम्पसमा भएका धेरै झडपहरुमा उनी प्रत्यक्ष, अप्रत्यक्ष जोडिने गरेका थिए । उनलाई नजिकबाट चिन्ने विधार्थी नेताहरु भन्छन्, महर राजनीतिक संस्कारबाट भन्दा पनि अराजकताको संस्कारबाट राजनीतिमा उदाएका हुन् ।
उनी विद्यार्थी केन्द्रीय सदस्यमा पुग्दा पनि पार्टी नेताहरुकै आर्शीवादबाट पुगेका थिए । त्यसपछि उनी सिधै विद्यार्थी उपाध्यक्ष भए । उपाध्यक्षबाट फेरी महासचिव भए । अखिलका उपाध्यक्ष रहेका रश्मी आचार्यहरु राष्ट्रिय परिषद सदस्य हँुदा उनी अखिलका तल्लो तहमै थिए । तर अहिले अध्यक्ष नविना लामाले नपाउँदा सोपानक्रममा उपाध्यक्षहरुबाट खोजिनु पर्नेमा त्यसो नगरी महरलाई नै राजिनामा गुटमा लागेपछि हजार खत पनि माफ हुन्छ भनेजस्तै प्रधानमन्त्रीले महरलाई रोजेर देखाएका छन् ।

महर अध्यक्ष बनाएपछि अखिल क्रान्तिकारीले आफनो संगठनलाई अति न्यूनीकरण ओलीले गर्न खोजेको, नेतृत्वलाई अपमान गरेको ठानेको छ । उता एमाले अखिल भित्र पनि उनको चयनलाई धेरै नेता कार्यकर्ताले रुचाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस