काठमाडौं । नेपाली काँग्रेसका ३७ जिल्ला सभापतिहरुको वैठक खोटाङस्थित हलेसीमा चलिरहेको छ । स्थानीय निकाय देखि प्रदेश र प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसको पराजयका विषयमा छलफल भइरहेको वताइएको छ ।
वैठकमा संघीय संरचना अनुसार विधानमा पुर्नलेखनको विषयमा जिल्ला सभापतिहरुले धारणा राखिरहेको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले जानकारी गराए ।
स्थानीय तह देखि उठेका विषयलाई राष्ट्रिय भेला मार्फत विधानमा संसोधन हुनुपर्ने विषयमा पनि सहभागिहरुले धारणा राखिरहेका छन् ।
जिल्ला सभापतिहरुको भेलामा सहभागीहरुले स्थानीय तहको निर्वाचनमा जिल्ला सभापतिहरुको अधिकार कटौति गरिएको भन्दै केहि सभापतिले नेतृत्वको आलोचना गरेका थिए । तहगत पदिय जिम्मेवारी अनुसार काँग्रेसको हारमा जिम्मेवारी लिनुपर्ने भनाई सभापतिहरुले उठाइरहेको केसीले बताए ।
३७ जिल्लाका सभापतिहरुमा मात्रै भेलामा सहभागी हुनुमा केहि प्रादेशिक संसदमा रहेको तथा केहि सभापतिहरु मन्त्री पनि भएकोले उपस्थित हुन नसकेको केसीले वताए । ‘गुटगत भेला होइन । एक मतले निर्णय गरिन्छ । ’ उनले भने ।
विहान हलेसी मन्दिरको दर्शन गरि जिल्ला सभापतिहरुको वैठक वसिरहेको छ । हालसम्म सहभागि मध्य आधाले बोलिसकेका छन् भने आज नै भेला सकिने वताइएको छ ।
प्रतिक्रिया दिनुहोस