नेकपाका केन्द्रीय सदस्यलाई जनयुद्दकालीन मुद्दामा वारेन्ट पुर्जी

२५ वर्ष अगाडिको मुद्दा ब्यूताउँदै नेकपा केन्द्रीय सदस्य गंगा कार्की (विश्व) र जिल्ला नेता शंकर लामाको खोजी

सफल खबर संवाददाता

विहीबार, ०२ जेठ २०७६, ०८ : १०
नेकपाका केन्द्रीय सदस्यलाई जनयुद्दकालीन मुद्दामा वारेन्ट पुर्जी

काठमाडौं । सत्तारुढ नेकपाकै एक केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गर्न वारेन्ट पुर्जी जारी गरेको छ । जनयुद्धकालिन मुद्दा ब्यूताउँदै प्रहरीले वारेन्ट पुर्जी जारी गरेको हो ।

खरखजना चोरी मुद्दामा प्रहरीले पक्राउ पुर्जी जारी गरेका नेता हुन्, दोलखाका गंगा कार्की विश्व ।

यो मुद्दा २०५२ साल माघ २ गतेको हो । दोलखा चरिकोट वजारमा सडक निर्माणमा प्रयोगका लागि राखिएको ४२ हजार ७ सय डिटोनेटर, तीन क्विन्टल फ्यूज र ३ वाकस जिलेटिन त्यक्तिवेला तत्कालिन माओवादीले कब्जामा लिएका थिए ।

पार्टीले जनयुद्धको तयारीका लागि उक्त डिटोनेटर , जिलेटिन लगायत सामाग्री कब्जा गर्ने नीति वनाएपछि तत्कालिन माओवादी नेता कार्यकर्ताले उक्त सामाग्री कब्जा गरेका थिए ।

त्यसको एक महिनापछि माओवादीले फागुन १ वाट दीर्घकालिन जनयुद्धको घोषणा गरेका थिए ।शुरुमा उक्त जिलेटिन लगायत सामाग्री माछा मार्ने मानिसहरुले लगेको हुन सक्ने अनुमानमा रहेका प्रहरीहरुले माओवादीले जनयुद्धको शुरुआत गरेपछि भने माओवादीले लगेको भन्दै नेता कार्यकर्ताको खोजी तिव्र वनाएका थिए ।

०५३ जेठमा उक्त विस्फोटक पदार्थ लुटेको अभियोग लगाउादै दोलखाका माओवादी नेताहरु पूर्णवहादुर खड्का, हेमवहादुर श्रेष्ठ पक्राउ परे ।  उनीहरु सहित तत्कालिन युद्धमै मारिएका रितवहादुर खड्का, गंगा कार्की विश्व र शंकर लामालाई पनि प्रहरीले मुद्दा चलाएको थियो । त्यसपछि जिल्ला अदालत दोलखाले उक्त मुद्दामा १० वर्षको जेल सजायाँ सुनाए ।

खड्का र श्रेष्ठले १० वर्ष कैद भुक्तान गरे । रितवहादुर युद्दमै मारिए । वाकी रहेका गंगा र शंकरलाई अहिले २५ वर्ष पछि फैसल्ला कार्यान्वयनको नाममा फेरि वारेन्ट पुर्जी जारी गरेको छ ।

सरकार अहिले नेकपाकै छ । सरकारको गृहमन्त्रीमा त्यसवेला युद्धका नेतृत्वकर्ता मध्येका एक रामवहादुर थापा बादल छन् । तर पनि पार्टी नीतिमा भएको उक्त विस्फोटक पदार्थ कब्जाको मुद्धामा नेकपाकै केन्द्रीय नेताहरु गंगा र शंकरलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीले गंगा र शंकरको नाममा रहेको सम्पक्ति रोक्का गदै उनीहरुका गाउमा वारेन्ठ पुर्जी टाँस गरेको छ । तीन दिन अगाडी मात्रै वैशाख ३० गते नेता गंगा कार्कीको दोलखा गौरीशंकर गाउपालिका १ जुगुमा रहेको घरमा वारेन्ट पुर्जी टास्न प्रहरी पुगेका थिए ।

प्रक्राउ पुर्जी टासको मुचुल्का प्रहरीले स्थानिय जम्मा गरेर गर्न खोज्दा जनताले नमानेपछि वडा अध्यक्ष झलककुमार कार्कीलाई वुझाएर प्रहरी फर्कन खोजेको थियो । तर वडा अध्यक्ष कार्कीले यो मुद्धा युद्दकालिन भएको र आफुहरुको कावुभन्दा वाहिर केन्द्रीय रुपमा मिलाउनु पर्ने विषय भएकोले आफुले वारेन्ट पुर्जी वुझन नसक्ने वताएपछि प्रहरीहरु रुखमा टास गरेर जाने भन्द्र फर्किएको त्यहाँका एक स्थानियले वताए ।

केन्द्रीय सदस्य कार्कीलाई ओखलढंगाका नेता वालकृष्ण ढंगेललाई जस्तै युद्दकालिन मुद्धा ब्यूताएर जेल हाल्ने योजना प्रहरीले वनाएको देखिएको छ । आफनो गाउमा पक्राउ पुर्जी लिएर प्रहरी पुगेपछि केन्द्य्रीय सदस्य कार्कीले यस विषयमा नेकपा अध्यक्ष प्रचण्डसँग आज विहान र गृहमन्त्री रामवहादुर थापा वादलसाग हिजो कुराकानी गरेका छन् ।

दुवै नेताले यो मुद्धाका विषयमा कुनै निर्णयमा पुगिने आश्वासन दिएपनि प्रहरीले भने खोजी सूचिमा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस