उपेन्द्र –बाबुरामसँग सम्पादकहरुको ‘डिनर मिटिङ’

डा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईले गरे सम्पादकहरुसँग साग्रिला होटलमा छलफल

सफल खबर संवाददाता

विहीबार, ०२ जेठ २०७६, ०८ : ०९
डा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईले गरे सम्पादकहरुसँग साग्रिला होटलमा छलफल

फाईल फोटो

काठमाडौं । समाजवादी पार्टीका शीर्ष नेताहरुले सञ्चारमाध्यमका सम्पादकहरु डिनर मिटिङ गरेका छन् । संघीय समाजवादी पार्टी फोरम र नयाँ शक्ति वीचको पार्टी एक्तापछि वनेको नयाँ पार्टीलाई सुझाव दिन भन्दै सम्पादकहरुलाई साग्रिला होटलमा निम्तो गरिएको थियो ।

संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, अध्यक्ष तथा स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सम्पादकहरुसँगको छलफलमा वसेका थिए । झण्डै ३ घण्टासम्म चलेको उक्त छलफलका लागि कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले, कान्तिपुरकै प्रधानसम्पादक सुधिर शर्मा, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईटेल, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, सेतोपाटीका सम्पादक अमित ढकाल, अन्नपूर्णका अनलाईन सम्पादक विकास थापा लगायतका सम्पादकहरुको सहभागिता थियो ।

पार्टी अध्यक्ष एक टेलिभिजन अन्र्तवार्तामा विवादमा तानिएपछि पनि समाजवादी पार्टीले  सम्पादकको तहमा छलफल गरेको हो । सम्पादकसँग नेतात्रयले अग्रगामी विकल्पसहित राजनीतिको मुलधारमा आउन खोजेको भन्दै आफनो पार्टीलाई सुझाव दिन आग्रह् गरेका थिए ।

त्यसपछि सम्पादकहरुले आ आफनो सुझाव राखेको सहभागी एक सम्पादकले सफल खबरलाई बताए ।

सरकारमा रहने या बाहिरिनेमा पार्टीभित्र शीर्ष नेताहरुमा देखिएको फरक विचारका विषयमा सम्पादकहरुको नेताहरुसँग जिज्ञासा थियो । सरकारमा रहेका उपेन्द्रले त्यहाँ चलाखीपूर्ण जवाफ दिए । उनले भने, अहिले सरकार छोडिहाल्ने पार्टीको घोषित नीति छैन ।

बावुरामले भने संविधान संसोधन लगायतका मुद्धामा सरकारले सुनुवाई नगरे पार्टी सरकारवाट बाहिरिने बताएपछि उपेन्द्रले चलाखीपूर्ण प्रतिक्रिया दिएको ति सम्पादकले वताए । उनले भने, पार्टीमा बावुराम भन्दा उपेन्द्र नै हावी देखिएका छन् । तत्काल फोरमले सरकार छोडने संकेत देखिएन ।

यादवले प्रधानमन्त्री ओलीलाई अव एकाध दिनभित्रै एकीकृत पार्टीका तर्फवाट आफुहरु सरकारमा सहभागी हुदा भएको सहमति सम्झौता सम्झाउँदै संविधान संसोधनका विषयमा ध्यानाकर्षष गराउने र त्यसपछि मात्र यस विषयमा पार्टीमा औपचारिक छलफल हुने वताए ।

प्रधानमन्त्री ओलीले उपेन्द्रलाई सरकारमा गत वर्षको जेठ १८ मा सहभागी गराएका थिए । त्यसवेला नेकपा अध्यक्षद्दय केपी ओली र प्रचण्डसाग दुई वुदे सहमतिपत्रमा हस्ताक्षर गरेर यादव सरकारमा सहभागी भएका थिए ।

आवश्यकताका आधारमा संविधान संसोधन गर्ने र तत्कालिन संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने सम्झौतामा उल्लेख थियो ।

अव उक्त सम्झौता कार्यन्वयनका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएर अल्टिमेटन दिएर जाने, त्यो अवधीमा पनि सरकारले त्यसप्रति चासो नदेखाए आफनो पार्टी सरकारवाट वाहिरिने भटटराइृले वताएका थिए । तर यादवले भने यस विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएपछि थाहा लाग्ने वताए ।

सहभागी अर्का एक सम्पादकले भने, सारमा हेर्दा तत्काल उहाँहरुको पार्टीले सरकार छोडने देखिएन ।  सम्पादकहरुले अन्य शक्तिहरुसँगको एकता, सरकार , प्रतिपक्षको भूमिका, राष्टिय अन्तराष्टिय राजनीतिक परिस्थिती लगायतका विषयमा भटटराई, यादव र राइृसँग छलफल गरेका थिए ।


 

प्रतिक्रिया दिनुहोस