राष्ट्रिय सभाका उम्मेदवारहरु छान्न एमाले स्थायी समिति बैठक बस्ने

सोमबार, ०८ माघ २०७४, १२ : ३७
राष्ट्रिय सभाका उम्मेदवारहरु छान्न एमाले स्थायी समिति बैठक बस्ने

काठमाडौँ । नेकपा एमालेको स्थायी समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बस्नेछ ।
आजको बैठकमा एमालेले राष्ट्रिय सभामा उठाउने उम्मेदवारमा महिला, दलित, अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिसहित मिलाएर २९ जनाको नाम टुङ्ग्याउनेस्थायी समिति सदस्य सुवास नेम्वाङले बताए ।
२ गते भएको संयुक्त कार्यदलले सिफारिस गरेका सदस्य संख्या हिजो बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बेठकले अनुमोदन गरेको थियो ।
आज बस्ने स्थायी समितिको बैठकमा हिजो ओली निवासमा भएको संयोजन समितिमा भएको छलफलको पनि ब्रिफिङ हुने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस