विवादास्पद केशव स्थापित पुन: मन्त्री बन्ने दौडमा

सफल खबर संवाददाता

सोमबार, ३० बैशाख २०७६, २० : ३५
विवादास्पद केशव स्थापित पुन:  मन्त्री बन्ने दौडमा

काठमाण्डु । मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमै अभद्र व्यवहार गरेको आरोपमा बर्खास्तीमा परेका प्रदेश–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित फेरि मन्त्री बन्ने दौडमा लागेका छन् ।
आफूमाथि मन्त्रिपरिषदमै अभद्र व्यवहार गरेको भन्दै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसँग परामर्शपछि गत १६ कात्तिकमा स्थापितलाई पदबाट खर्बास्त गरेका थिए । पछिल्लो समय आफूसँग भेट गर्ने शुभचिन्तकलाई स्थापितले आफू फेरि मन्त्री बन्ने बताउन थालेका छन् । प्रदेशको महत्वपूर्ण मन्त्रालय लामो समय नेतृत्वविहीन हुँदासमेत नयाँ मन्त्री नियुक्त गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस