बिनाभिसा कतार जान पाइने : अब कतार जान हतार नगरेर भयो त ?

सफल खबर संवाददाता

सोमबार, ३० बैशाख २०७६, १३ : ४७
बिनाभिसा कतार जान पाइने : अब कतार जान हतार नगरेर भयो त ?

काठमाडौं । के तपाईं कतार जान चाहनु हुन्छ ? त्यो पनि भिसा नै नलगाइकन ? तपाईंको यस्तो चाहना छ भने अब पूरा हुनेछ ।

बैदेशिक रोजगारीका लागि कतार पुगेका नेपाली कामदारले अब बिनाभिसा आफ्ना आफन्तहरुलाई कतार घुमाउन पाउने भएका छन् । हालैमात्र कतारको राष्ट्रिय पर्यटन काउन्सिलले कतारमा बस्ने विदेशी नागरिकका परिवार र साथीभाइलाई बिनाभिसा कतार घुम्न पाउने अवसर ल्याएको हो ।

‘समर इन कतार’ उत्सवका बेला विदेशीहरु त्यहाँ बिनाभिसा जान पाउने छन् । जून ४ देखि अगष्ट १६ सम्म यो कार्यक्रम कतारको पर्यटन काउन्सिलले ३५ अन्य संघसंस्थासँग मिलेर आयोजना गर्दैछ । कतारमा बस्ने नेपालीका आफन्त र साथीभाइहरु बिनाभिसा त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रवेश गर्न पाउने छन् । कतारका नागरिक र त्यहाँ बस्नेहरुले यो उत्सवका बेला आफ्ना आफन्त र साथीभाइलाई ल्याउन वा त्यहीँ बसेर निमन्त्रणा दिइ बोलाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस