कम्वोडिया पुगे प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

सोमबार, ३० बैशाख २०७६, ०८ : २२
कम्वोडिया पुगे प्रधानमन्त्री ओली

फाईल फोटो

काठमाडौं । भियतनाम र कम्वोडिया भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली कम्वोडिया पुगेका छन् । पाँचदिने भियतनाम भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज विहान कम्वोडिया पुगेका हुन् ।

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणा पछि प्रधानमन्त्री ओली २६ वैशाखमा भियतनाम प्रस्थान गरेका थिए ।

उनी कम्वोडियामा दुई दिन रहनेछन् । १ जेठमा स्वदेश फर्किने कार्यतालिका सहित प्रधानमन्त्री ओली भियतनाम र कम्वोडिया भ्रमणमा निस्केका थिए ।भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत–नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसंघीय कार्यक्रमलाई सम्बोधन गरेका थिए ।  कम्वोडिया प्रस्थान गर्नु अगाडी प्रधानमन्त्री ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रहेको बताएका छन् । ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

‘११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र त्यसको सान्दर्भिकताको विषयमा विश्व समुदायलाई जानकारी दिने अवसर प्राप्त भयो,’ ओलीले भने, ‘यसले नेपाल र भियतनामबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ।’

भियतनामसँगैका सम्झौता छिट्टै कार्यान्वयनमा आउँने ओलीले बताए । ‘यसका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको छ  । यसले आजबाटै काम शुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस