विमानस्थलको मर्मतकार्यमा ठेकेदार कम्पनीको लापरबाही

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, ०८ : २५
विमानस्थलको मर्मतकार्यमा ठेकेदार कम्पनीको लापरबाही

काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्यमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भेटिएको छ ।

एयरपोर्ट मर्मतको ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल कर्पोरेसनले यसअघि नेपालसहित आठ राष्ट्रको एयरपोर्ट विस्तार मर्मत कार्य गरेको भए पनि नेपालको विमानस्थल मर्मतमा भने चरम लापरबाही गरेको देखिएको छ ।

एयरपोर्ट विस्तारको लागि चिनियाँ कम्पनीले काठमाडौँको कोटेश्वर तीनकुनेमा एयरपोर्टकै हाताभित्रकै जग्गामा बालुवा प्रशोधन प्लान्ट र अन्य निर्माण सामाग्री समेत राखेका छन् । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस