झापाको कन्काई पुलमा बम फेला, राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, ०७ : ५३
झापाको कन्काई पुलमा बम फेला, राजमार्ग अवरुद्ध

फाईल फोटो

झापा । झापाको कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।
तारसहितको बमसँगै एउटा घडी पनि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । उनका अनुसार बम रहेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ ।

बम नजिकै गोर्खा जनमुक्ति मोर्चाको पर्चासमेत फेला परेको प्रहरीले जनाएको छ । पर्चामा संघीयता खारेज गर, सुगौली सन्धीको भूमी फिर्ता गर, भ्रष्टाचार नियन्त्रण गर, सम्पूर्ण अंगीकृत नागरिकता खारेज गर लगायतका माग उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस