नयाँ शक्ति छोड्दै, नेकपामा आउँदै

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, २१ : १९
नयाँ शक्ति छोड्दै, नेकपामा आउँदै

गोर्खा । तत्कालिन नयाँ शक्ति छोड्दै नेकपामा आउने क्रम अहिले देशभर नै चलिरहेको छ । नेपाल पार्टी गोरखाका चार दर्जन नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेपछि तत्कालीन नयाँ शक्तिका संयोजक बाबराम भट्टराईका गृह जिल्लामा खैलाबैला भएको छ । 
 तत्कालीन नयाँ शक्तिका जिल्ला नेता दिनेश तमुसहित ५० जना नेतारकार्यकर्ताहरु आज नेकपामा प्रवेश गरेका हुन् । नेकपा पार्टी कार्यलय गोरखामा आयोजित कार्यक्रममा अब नयाँ शक्तिमा नरहने भन्दै चार दर्जन नेता कार्यकर्ता नेकपामा आएका थिए । उनीहरुलाई नेकपाका नेता हरिराज अधिकारी, कृष्ण धिताल, जिल्ला अध्यक्ष लेख बहादुर थापाले टीका लगायर स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्दै नेता तमुले नयाँ शक्ति पार्टीको कुनै दृष्टिकोण नभएको, पार्टी भित्र आर्थिक र साँस्कृतिक भ्रष्टचार रहेकाले आफू त्यहाँ अड्न नसकेको बताउनुभयो । 
पार्टि प्रवेश कार्यक्रममा सम्वोधन गर्दै नेता हरिराज अधिकारिले सबैलाई क्षमता अनुसारको जिम्मेवारी दिने प्रतिबद्ता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस