‘तस्बिर’मा हेर्नुहोस्, पूजा र आकासको रोमान्स

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १९ : ११
‘तस्बिर’मा हेर्नुहोस्, पूजा र आकासको रोमान्स

काठमाडौं । चलचित्रमा रुचाइएको जोडी पूजा शर्मा र आकास श्रेष्ठको अभिनय रहेको ‘तस्बिर’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । सनुप पौडेल र निशा कँडेलको स्वर रहेको गीतमा बिष्णुबाबु देवकोटाको शब्द तथा टिका दाहालले संगीत छ ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्द थापाको छायाँकन छ । म्युजिक भिडियो लभ स्टोरीमा थिममा तयार गरिएको छ । भिडियो केबिए गोल्बलले निर्माण गरेका हुन् । हेर्नुहोस्, ‘तस्बिर’ बोलको म्युजिक भिडियोमा पूजा र आकासको रोमान्स ।

 

प्रतिक्रिया दिनुहोस