नेकपाका महासचिव विष्णु पौडलविरुद्ध खेद प्रस्ताव

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १७ : २६
नेकपाका महासचिव विष्णु पौडलविरुद्ध खेद प्रस्ताव

बुटवल । नेपाली काँग्रेस बुटवलले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडलविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेस बुटवल नगर सम्मेलनले पौडेलविरुद्ध खेद प्रस्ताव पारित गरेको हो । 

नगर सभापति खेलराज पाण्डेले सम्मेलनमा पेस गरेको प्रतिवेदनमा पौडेलविरुद्ध खेद प्रस्ताव पारित गर्ने प्रस्ताव राखेका थिए । सम्मेलनले सर्वसम्मतिले पौडेलविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । महासचिव पौडेल रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य समेत हुन् । 

किर्ते गरी व्यक्तिका नाममा ल्याइएको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामध्ये ८ आना सत्तारुढ दल नेकपाका महासचिव पौडेलले छोराको नाममा पास गरेका थिए । उक्त प्रकरणमा सरकारले हाल छानबिन जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस