औद्योगिक क्षेत्र व्यवस्थापनका पदाधिकारी र उद्योगहरुबीच परिचयात्मक कार्यक्रम

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १६ : ५७
औद्योगिक क्षेत्र व्यवस्थापनका पदाधिकारी र उद्योगहरुबीच परिचयात्मक कार्यक्रम

चितवन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नवनियुक्त अध्यक्ष, महाप्रबन्धक र चितवनका उद्योगीहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । 
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नवनियुक्त अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलालगायतसँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भिमबहादुर पाण्डे, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सञ्चालक समिति सदस्य अरुणकुमार झा, लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धर, लिमिटेडका कम्पनी सचिव तुलबहादुर राना, औ।क्षेत्र व्य.लि.वरिष्ठ अधिकृत एवं शक्तिखोर औद्योगिक क्षेत्रका संयोजक देवनारायण सापकोटा, औ।क्षेत्र व्य।लिमिटेडका वरिष्ठ अधिकृत एकमाया थापा, चितवन उद्योग संघका पदाधिकारी, कार्यसमिति, सदस्य, युवा उद्यमी मञ्चका संयोजक एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका विशिष्ट व्यक्तिहरुलाई चितवन उद्योग संघका अध्यक्ष, निवर्तमान अध्यक्षबाट माल्यार्पण र वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षबाट पुष्पगुच्छा गरिएको थियो । संघका अध्यक्ष भेषराज दुवाडीले चितवन उद्योग संघको गतिविधिसहित स्वागत मन्तव्य राख्नुभएको थियो । परिचयात्मक कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, महाप्रवन्धक सुवास सिटौलाले संघले आफूहरुलाई गरेको स्वागतको प्रशंसा समेत गर्नुभयो । 

संघका कार्यकारी निर्देशक हरिहर भट्टराईले सञ्चालन गर्नुभएको परिचयात्मक कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्यसहित समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस