भ्रष्टाचारको पुष्टि भए देउवालाई समेत कारबाही : पौडेल

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १५ : ०७
भ्रष्टाचारको पुष्टि भए देउवालाई समेत कारबाही : पौडेल

उदयपुर ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टचारको पुष्टि भए कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत कारबाही हुने बताउनुभएको छ ।
आज उदयपुरमा भएको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो ।
पार्टीको जागरण अभियानअन्तर्गत उदयपुर पुग्नुभएका  नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी सभापति देउवाजीको पनि नाम जोडिएको छ, पुष्टि भए कारबाही हुन्छ ।’
उहाँले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचेजस्तो फल नपाएको बताउनुभयो । उहाँले कांग्रेस पार्टी लामो इतिहास बोकेको पार्टी भएको कारण पार्टीभित्र सानातिना झिनामसिना कुराले कुनै असर नपार्ने जिकिर गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस