रेशम चौधरीलाई जेल मुक्तिको लागि आन्दोलन

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, २१ : २२
रेशम चौधरीलाई जेल मुक्तिको लागि आन्दोलन

फाईल फोटो

राजविराज । थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनामा दोषी करार भई जन्मकैदको फैसला सुनाइएका रेशम चौधरीलगायत ११ जनाको जेल मुक्तिका लागि आन्दोलन घोषणा गरिएको छ।

माननीय रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिुले शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। बुधबारदेखि सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बलुवामा आयोजित ‘थारु राष्ट्रिय भेला–२०७६’को समापनमा संघर्ष समितिसमेत गठन गरिएको छ ।

राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। भेलाले रेशम चौधरी बचाऔं अभियान, मेची–महाकाली जागरण अभियान, झापादेखि कञ्चनपुरसम्म संगठन निर्माण र सचेतना कार्यक्रम, प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री तथा सभामुखलाई ज्ञापनपत्र बुझाउनेलगायत अन्य दबाबमूलक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको संयोजक थारुले बताए।

प्रतिक्रिया दिनुहोस