जनवर्गीय संगठनको एकतामा ओलीको रणनीति

नेकपाको मुख्य चार जनसंगठनको एकता पेचिलो विवादमा

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, ०७ : २६
नेकपाको मुख्य चार जनसंगठनको एकता पेचिलो विवादमा

फाईल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपाको जनवर्गीय संगठनको एकता अझै भएको छैन । २२ जनावर्गीय संगठनमध्ये ५ ओटा संगठनको मात्र अहिलेसम्म केन्द्रमा एकता भएको छ । वाँकी १७ ओटा जनवर्गीय संगठनको वीचमा एकता टुंगो लाग्न सकेको छैन ।

१७ ओटै जनवर्गीय संगठन एकताको लागि शीर्ष नेतृत्वले दिने निर्णयकै पखाईमा वसेका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुवै अध्यक्ष केपी ओली, प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य रामवहादुर थापा र महासचिव विष्णु पौडेल वसेर एकताका वाँकी विषयमा छलफल गरेका थिए ।

पोलिटब्यूरो गठन गर्ने, केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने, आयोग÷विभागहरुलाई पूर्णता दिने र जनवर्गीय संगठनहरुको एकता टुंगो लगाउने विषयमा नेताहरुले उक्त वैठकमा छलफल गरेका थिए ।

आगामी ३ जेठमा पार्टी एकताको वर्षगाँठ पारेर जनवर्गीय संगठनको एकतासहित सवै वाँकी एकताको काम टुग्याउने सैदान्तिक सहमतिमा नेताहरु पुगेर बुधवारको छलफल टुंग्गिएको थियो ।

प्रधानमन्त्री ओली जेठ १ मा भियतनाम र कम्वोडिया भ्रमणवाट फर्केपछि सचिवालयको वैठक बसेर निर्णय लिने समझदारी नेताहरुले वनाएका थिए । प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओली स्वदेश नर्फकिदासम्म अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायत नेताहरुले एकताका वाँकी काममा छलफल जारी राख्ने समझदारी पनि बनेको थियो ।

पोलिटब्यूरोका विषयमा र नेताहरुको कार्यविभाजनमा करिव सहमति नजिक नेताहरु पुगेका छन् । १७ जनवर्गीय संगठन मध्ये पनि मुख्यतः ४ ओटा जनवर्गीय संगठनको एकता नेकपालाई पेचिलो बनेको छ ।

युवा, मजदुर, महिला र विद्यार्थी संगठनको नेतृत्वका लागि नेकपाका तत्कालिन दुवै पार्टीको दावी नछोडिएकोले पेचिलो वनेको स्रोत बताँउछ । खासगरी प्रधानमन्त्री ओलीले यी चार ओटै संगठनको नेतृत्व तत्कालिन एमालेले नछोडने गरी शीर्ष नेताहरुसँगको छलफलमा प्रस्ताव राखेपछि सहमति जुटन सकेको छैन ।

प्रधानमन्त्रीले महिला संगठनको नेतृत्व राष्टपतिले आफुले भनेका नेतृलाई दिन वारम्वार आग्रह गरेको अवस्थामा राष्टपतिको आग्रह्लाई अटेर गर्न नसक्ने अवस्थामा आफु रहेको बताएको स्रोत बताउँछ ।

महिला संगठनको नेतृत्वका लागि तत्कालिन एमाले तर्फ गोमा देवकोटा र तत्कालिन माओवादी तर्फकी अमृता थापामगर आकाक्षी छन् । राष्टपतिले गोमालाई बनाउन प्रधानमन्त्रीलाई प्रेसर बढाएको स्रोत बताउछ । राष्टपतिको त्यस्तो आग्रह प्रधानमन्त्रीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग पनि राखेको स्रोत बताँउछ ।

मजदुर संगठन तत्कालिन एमाले चलाउने संगठन भएको र अहिले पनि पार्टीलाई चलाउन त्यसको नेतृत्व आफुहरुले पाउनु पर्ने माग ओलीले गरेका छन् । मजदुर संगठनमा ओलीले अहिलेका जीफन्ट अध्यक्ष विनोद श्रेष्ठलाई दिन खोजेका छन् ।

मजदुर संगठनमा श्रेष्ठ र तत्कालिन माओवादीको मजदुर संगठन अखिल नेपाल टेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी आकाक्षी छन् ।

युवा संगठन र विद्यार्थी संगठनको नेतृत्व पनि आफ्नै पूर्ववत पार्टीमै राख्न ओलीले प्रस्तावमा वठठाई गरेको स्रोत बताउँछ । ओलीले युवा संगठनका अहिलेका आकाक्षी नेताहरुमा कार्यविभाजनको प्रस्ताव गरेका छन भने विद्यार्थी संगठन तत्कालिन ठूलो पार्टीका आधारमा भागवन्डा गरिनु पर्ने प्रस्ताव ओलीले राखेको स्रोत वताउँछ ।

युवा संगठनमा वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा र युवा संगठनका रमेश पौडेल आकाक्षी छन् । विद्यार्थीमा अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ र अखिलका महासचिव ऐन महर नेतृत्वको प्रतिस्पर्धी छन् ।

ओलीले दिपशिखा पार्टी केन्द्रीय सदस्य पनि भएकोले उनको केन्द्रीय सदस्यका रुपमा कार्यविभाजन गर्नुपर्ने प्रस्ताव गरेका छन् । विद्यार्थी संगठन भने तत्कालिन विद्यार्थी संगठन अखिल ठूलो संगठन भएकोले भागवन्डामा ठूलो संगठनले नेतृत्व पाउनु पर्ने प्रस्ताव गरेको स्रोत वताउँछ ।

मुख्य चार ओटै संगठनको नेतृत्वमा विविध तर्कका आधारमा नेतृत्व ओलीले दावी गरेपछि सहमति जुटन नसकेको स्रोत बताउँछ । अध्यक्ष प्रचण्डले भने मुख्य चार संगठनमध्ये दुई –दुई ओटा संगठन सहमतिका आधारमा नेतृत्व भागवन्डा लगाउनु पर्ने बताएका छन् ।

तत्कालिन माओवादीमा यी चार ओटै संगठन बलियो संगठनको रुपमा रहेको ले पनि जनवर्गीय संगठनको पहुच र प्रभावका आधारमा दुई दुई ओटा सहमतिका आधारमा भागवन्डामा नेतृत्व टुग्याउनु पर्ने प्रचण्डको प्रस्ताव छ । यो विषयमा सहमति जुटन नसकेपछि एकता प्रक्रिया अल्झिरहेको स्रोत बताउँछ ।

सहसंयोजक दुई देखि तीन जनासम्म हुने
जनवर्गीय संगठनमा दुई देखि तीन जना सम्म सहसंयोजक राख्ने विषयमा पनि शीर्ष नेताहरुका वीचमा छलफल चलेको छ । नेतृत्व सागै सहसंयोजक दुइृ देखि तीन जनासम्मको वनाउने विषयमा पनि वुधबारको शीर्ष नेताहरुका वीचमा छलफल भएको स्रोत बताउँछ । जनवर्गीय तथा पेशागत संगठनको एकताका क्रममा सम्वन्धित संगठनका अध्यक्ष र महासचिवलाइृ समेटने गरी एकता प्रस्ताव टुंग्याउनु पर्ने मा नेताहरुका वीचमा करिव समझदारी बनेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस