काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन मंगलवार संसदमा अनौठो दृश्य देखियो । विरोध नै गर्नु नपर्ने विषयमा काग्रेस सांसदले उठेर विरोध जनाए । प्रधानमन्त्रीले ब्यक्त गरेको निम्छरो शब्दमा काग्रेस सांसदहरुको आपत्ति रह्यो । संसदको रेकर्डवाटै प्रधानमन्त्रीको अभिब्यक्तिको उक्त शब्द हटाउन पार्टी सांसदलाई रोष्टममा उठाउन काग्रेस सांसद मिनेन्द्र रिजालले भूमिका खेले । संसदीय दलका प्रमुख सचेतक समेत रहेका रिजालले अवरोध गर्ने जनाउ दिएर सभापति शेरवहादुर देउवासम्मलाई संसदको रोष्टमा उठाए ।
त्यसपछि प्रधानमन्त्री ओली र काग्रेस सांसदका वीचमा आरोप–प्रत्यारोप नै चल्यो । तर काग्रेस आफैले ढंग नपु¥याउँदा आफैमा संसदीय भूमिकामा कमजोर देखिन पुग्यो ।
मंगलवार संसदमा प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरा अभिब्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु भने पछि हंगामा भएको थियो ।
काग्रेसका सांसद आसनवाट उठेर विरोधमा उत्रिरहेका बेला निर्णय प्रक्रियामा भने सहभागी बनेपछि काग्रेसको प्रतिपक्षी भूमिका फिक्का वनेको काग्रेस नेताहरु नै वताउँछन् ।
सभामुख महराले नीति तथा कार्यक्रममाथीको संसोधन फिर्ता लिने कि नलिने भनेर काग्रेसका डा मिनेन्द्र रिजाललाई समय दिएका थिए । त्यसवेला काग्रेसका सांसदहरु उठेर संसद अवरोधकै अवस्थामा थिए । तर उनले फिर्ता नलिने जानकारी दिए ।
सभामुखले काग्रेसको प्रस्तावलाई निर्णयमा लगे । काग्रेसले आफनो प्रस्तावको पक्षमा मतदान ग¥यो । त्यक्तिमात्र होइन, नीति तथा कार्यक्रममाथीको मतदानमा समेत विपक्षमा मत दियो र प्रक्रियामा सहभागिता जनायो ।
संसदीय प्रणालीमा कुनै पनि सांसद आसनमा नवसी उभिनु भनेको संसद अवरोधको अवस्था हो । आफै अवरोधमा उत्रेको काग्रेसले सवै प्रक्रियामा भाग लिन वाटो खोल्यो ।
रिजालले प्रक्रियामा जाने जनाउ दिएर सहज वातावरण बनाईदिएको भन्दै काग्रेसका गगन थापा, प्रकाश स्नेही लगायतले उनी प्रति नै पोखेका थिए ।
त्यसो त उनै सांसद प्रधानमन्त्रीलाई कति भष्टाचार गर्नुहुन्छ भनेर प्रश्न गर्ने, अनि उनैले निम्छरो प्रश्नमा आपत्ति जनाउने, संसद अवरोध भयो पनि भन्ने अनि प्रक्रियामा सहभागी भएर मतदान पनि गर्ने गज्जवको दृश्य काग्रेसले संसदमा देखाएको थियो ।
काग्रेस अहिले संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा छ । यो भूमिका चालु संसदको अवधीभर निश्चित छ ।
तर काग्रेसको अहिलेको चरित्रले अर्काे चुनावमा पनि यो भूमिका परिवर्तन हुने सम्भावना देखिन्न । यसले न सरकारलाई संसद्मा खुलेर वैकल्पिक नीति र कार्यक्रमका आधारमा चुनौती दिन सकेको छ, न पार्टीको आशालाग्दो भविष्यप्रति जनतालाई उत्साहित नै गर्न सकेको छ ।
कांग्रेसका सभापति र महामन्त्री संसद्मै छन् तर त्यहाँ उनीहरूको उपस्थिति देशको राजनीतिले महसुस गर्न सकेको पाइन्न । वरु मिनेन्द्य्र रिजाल, गगन थापा लगायत नेताहरु मात्र काग्रेसको संसदीय भूमिकामा केही अब्बल वन्न खोजेको देखिन्छ ।
नूर गुमेको, धार कुँडिएको जस्तो प्रतिपक्षी भूमिकामा कांग्रेस देखिएको प्राध्यापक कृष्ण खनाल वताउँछन् । आफै भित्रको आन्तरिक किचलोको राजनीतिमा काग्रेस रुमल्लिरहेको उनको धारणा छ ।
‘अधिवेशन कहिले हुन्छ निश्चित छैन तर कांग्रेसलाई चुनाव लागेको छ । देउवा नेतृत्व छाड्ने पक्षमा छैनन् । जति कुद्न सक्यो, त्यति नै पार्टीमा आफ्नो पकड बढ्छ भन्ने एउटा मान्यता बसेको छ कांग्रेसमा ।’ प्राध्यापक खनाल भन्छन्,–‘गिरिजाप्रसाद कोइरालाले सधैं दौडिएरै कांग्रेस संगठनमा पकड जमाएका हुन् भन्ने लागेको छ । वास्तवमा उनी चुप लागेर बस्न सक्दैनथे । दौडिरहन्थे, ‘दौडिदत्त’ उनको उपमा बनेको थियो । बीपी कोइराला पनि २००७–१७ को अवधिमा नेपालका प्रायः भागमा पुगेको जान्न पाइन्छ । अहिले त्यही दौडमा काग्रेस नेताहरु लागेको देखिन्छ ।’
काग्रेससँग अहिले सरकारसँग मुकाविला गर्ने र खवरदारी गर्ने एजेण्डा नै नभएको विश्लेषण पनि राजनीतिक वृत्तमा हुन थालेको छ । उठाउनु पर्ने एजेण्डामा उसले संसदमा कहिल्यै यो एक वर्षको वीचमा आवाज उठाउन सकेको छैन । अरुले उठाएका एजेण्डामा मात्र उसले राजनीति गर्न खोजेको छ । त्यसै भएर पनि प्रधानमन्त्री ओलीले काग्रेसलाई निम्छरो मात्र होइन, केही समय अगाडी त नन्दीभृङ्गी सम्म भन्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ बैशाख २०७६, ०८ : ४३
लेखकबाट थप