एनआई सी एशिया बैंक र भाटभटेनीमनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

सफल खबर संवाददाता

मंगलबार, २४ बैशाख २०७६, १९ : २६
एनआई सी एशिया बैंक र भाटभटेनीमनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेड र भाटभटेनीमनी ट्रान्सफर प्रा.लि.बीच रेमिटेन्स सम्झौता भएको छ । स्वदेश तथा विभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका सबै शाखा तथा एक्सटेन्सन काउण्टरमार्फत सरल र सुलभ रुपमा ग्राहकहरूले भुक्तानी पाउने गरी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान तथा भाटभटेनीमनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गर्नुभयो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सुचनाअधिकारी) सुधिर नाथ पाण्डेका अनुसार एनआई सी एशिया मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जा लभएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूकासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस