के बाबुराम अक्सफोर्ड जान खोजेकै हुन् ?

सफल खबर संवाददाता

मंगलबार, २४ बैशाख २०७६, ०९ : १२
के बाबुराम अक्सफोर्ड जान खोजेकै हुन् ?

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवलाई कार्यकारी रहने केन्द्रीय समितिको अध्यक्ष दिएर आफु संघीय परिषद्को अध्यक्ष किन बने ? संघीय परिषदको वैठक कहिले वस्छ र उनले उक्त परिषद्को अध्यक्षता गर्न पाँउछन् ? यो प्रश्न अहिले राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

राजनीतिक विश्लेषकहरुका भनाईमा, भट्टराईले राजनीतिलाई एकप्रकारले विश्राम लगाएका हुन् । उनी नयाँ शक्ति पार्टी बनाउने गरी तत्कालिन एमाओवादी छोडेपछि केही समय उत्साहित देखिन्थे । तर, उनले भने अनुसार राजनीति अगाडी नबढेपछि उनी आफुले थाम्न खोजेको राजनीतिलाई अवतरण नै गराउन खोजेका थिए ।

दुई वर्ष अगाडी नयाँ शक्तिमै छँदा देवेन्द्र पौडेललाई वावुरामले पार्टी जिम्मा लगाउन खोजेका थिए । ‘म किताव लेखेर वस्छु, तपाई पार्टी हाक्नुहोस,’  त्यसवेला डा बाबुरामले देवेन्द्रलाई सुनाएको अभिब्यक्ति उदधृत गदै अहिले नेकपाका केन्द्रीय सदस्य रहेका खिमलाल देवकोटाले सफल खबरसँग भने, ‘तपाई आँट गर्नुहोस ।’

तर पौडेलले भटटराईको त्यस्तो प्रस्ताव स्वीकार गरेनन् ।  पार्टी वनाउने भनी लागेका भटटराइृलाई उल्टै उनका सहयात्रीहरुले एकपछि अर्काे गदै छोडदै जान थाले ।

एमाओवादीसँगको सम्वन्ध विच्छेद, नेकपासँगको अवस्था उनका लागि सहज हुन सकेन । उनी कुनै न कुनै रुपमा पार्टीलाई अवतरणकै योजनामा लागे । त्यही क्रममा उपेन्द्रको पार्टीसँगको एकता उनका लागि अनुकुल वनिदियो ।

उनले  संघीय परिषद्को अध्यक्ष मात्र आफुलाई लिए, कार्यकारी भूमिका रहने केन्द्रीय समितिको अध्यक्षको जिम्मा उपेन्द्रलाई लगाए ।

भटटराई निकट सुत्रहरु भन्छन्, अव उनी केही महिना अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्न चाहान्छन् । गत असोज महिनामा उनी एक महिने अमेरिका वसाई सकेर नेपाल फर्केका थिए ।

त्यसवेला उनले विश्व राजनीति, विकास लगायतका योजनाहरु सिक्न अमेरिका गएको वताएका थिए । अहिले पनि उनी अध्ययन अनुसन्धान गरेर नयाँ सिद्धान्तको विकास गर्न चाहिरहेका छन् ।

उनी सक्रिय राजनीतिवाट सिद्धान्त प्रतिपादनतिर आर्कर्षित हुन थालेका छन् । त्यसका लागि फेरि अव उनको रोजाइृ अमेरिकास्थित अक्सफोर्ड विश्वविद्यालय वन्न सक्ने उनलाई नजिकवाट चिन्ने जान्नेहरु वताउँछन् ।

‘त्यसवेला एक मिहना अमेरिका वसाई पछि पनि उनले थप ५÷६ महिना अक्सफोर्डमै रहेर अध्ययन गर्न र नया सिद्धान्तको प्रतिपादन गर्न चाहेका थिए,’ उनी निकट एक नेताले भने, ‘त्यसवेला पार्टीको कार्यकारी जिम्मेवारीमा रहेका कारण सम्भव भएको थिएन, अव उहाँको सोच त्यता तिर जान सक्छ ।’

खिमलाल देवकोटा पनि भटटराईको फक्सफोर्ड गएर पढने प्लान हुन सक्ने आंकलन गर्छन् । भन्छन्, ‘नया शक्ति वनाएपछि देवेन्द्र जी लाई पटक–पटक पार्टी तपाई जिम्मा लिनुहोस म किताव लेखेर वस्छु भन्नुभएकै हो । त्यसपछि एक महिना अध्ययनका लागि भन्दै अक्सपाmेड पनि जानुभयो । ६ महिना त्यहा वस्ने, सिद्धान्त प्रतपादन गर्ने  प्लान वनाएर आएका हुन सक्छन् ।’

हुन त वावुरामलाई अहिले आफुले पाटीृ हाक्न नसक्ने लागेपछि पनि उनले उपेन्द्रलाई नै कार्यकारी भएर हाक्न दिएका हुन् । ‘आफु वाहेक अन्य पार्टी नेताले चुनाव जित्न नसक्ने, पार्टी यही अवस्थामा आफुले हाक्न पनि नसक्ने देखेपछि वावुराम उपेन्द्रसँग एकतामा पुगेको देखिन्छ’, एक विश्लेषक भन्छन्, ‘यो एकतापछि वावुरामलाई संगठन र उपेन्द्रलाई वावुराम जस्ता व्रान्डेड नेता मिलेको छ ।’

दुवै अन्र्तमुखी स्वभावका भए पनि उपेन्द्र महत्वाकाक्षी नेता पनि हुन् । त्यही भएर पनि उनले पार्टीको कार्यकारी भूमिका आफुले छोडन पनि चाहेनन् ।

एकताका सुत्रधार दमननाथ
नयाँ शक्ति र संघीय समाजवादी पार्टीको एकताका सुत्रधार पूर्व सभामुख दमननाथ ढंगाना रहेको रहस्य पनि खुलेको छ ।

यी दुई पार्टी एकताका लागि ढंगानाले शुरु देखिनै पहल कदमी लिएको जानकारहरु वताउाछन् । उनले एकता घोषणा सभामा पुगेर पनि एकीकृत पार्टीका नेताहरुसँगै हात उठाए । एकताको पक्षमा मन्तब्य समेत दिए ।

काठमाडौंको लाजिम्पाटस्थित सा्रगिला होटेलमा यी दुई नेतालाई एकताका लागि प्रेसर वढाउन ढंगानाले दुई तिन राउण्ड छलफल नै गराएका थिए । त्यसवेलाको छलफल स्मरण गदै नेकपा केन्द्रीय सदस्य रहेका खिमलाल भन्छन्, –दमननाथ जीको वावुरामजीसँग असाध्यै राम्रो सम्वन्ध । त्यही भएर पनि उहाँले दुई नेतासँग दुई तिन राउण्ड छलफल नै गराउनु भएको थियो, एकताका लागि ।

ढंगानाले वावुराम र उपेन्द्रसँग मात्र होइन, उनीहरुको छलफलमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरसँग पनि दुई तिन राउण्ड संयुक्त छलफलको वातावरण निर्माण गरिदिएका थिए ।

उनको त्यो प्रयास अहिले पनि जारी छ । नयाँ शक्तिका एक नेताका भनाईमा, दमननाथले अहिले एकताका लागि सुत्रधारको काम गरिदिएका थिए ।

 

संविधानका असन्तुष्टहरुको मोर्चावन्दी
उपेन्द्र वावुरामको एकतापछि संविधानप्रति असन्तुष्टहरुको एकता र मोर्चावन्दीको प्रयास भएको वुझन सकिने विश्लेषकहरु वताउँछन् । यसमा भारतीय सस्थापन पक्षको भूमिका रहेको पनि उनीहरुको ठम्याइृ छ ।

बाबुराम, उपेन्द्र देखि राजपा सम्मका नेताहरु अहिलेको संविधान प्रति सन्तुष्ट छैनन । उनीहरु संविधान संसोधनका लागि सरकारलाई प्रेसर वढाउने तयारीमा छन् । पार्टी एकता घोषणा सभामा त बाबुराम र उपेन्द्र दुवैले संविधान संसोधन नभए पार्टी सडक आन्दोलनमा जाने चेतावनी समेत दिईसकेका छन् ।

राजपा र जनमुीक्त पार्टी नेपाल सम्मलाई पनि अहिले एकताको प्रयास भईरहेको छ । यो एकता अभियान सुरुआत मात्र भएको र राजपा सहित अन्य पनि एकतामा आउने भटटराईले पार्टी घोषणा सभामा जिकिर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस