कल्पनाले नमानेपछि बाबुरामलाई तनाव

पूर्णता पाएन समाजवादी पार्टीको पदाधिकारीले

सफल खबर संवाददाता

मंगलबार, २४ बैशाख २०७६, ०७ : १४
कल्पनाले नमानेपछि बाबुरामलाई तनाव

काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी, ११ प्रदेश र पूर्ण समानुपातिकको मुद्दासहित एकीकृत भएका समाजवादी पार्टीले जम्वो पदाधिकारी टिम बनायो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमवाट १६ र डा बावुराम भटटराई नेतृत्वको नयाँ शक्तिवाट ९ जना नेता रहेको पदाधिकारी वन्यो । अन्तिम समयसम्म २५ जनाकै पूर्ण पदाधिकारी घोषणा गर्ने नेताहरुको प्रयास भने नयाँ शक्तिकी नेतृ तथा पूर्व मन्त्री कल्पना धमलाका कारण सफल हुन नसकेको स्रोतले वतायो । नेतृ धमलाले पदाधिकारी स्वीकार नगरेपछि डा बाबुरामलाई तनाव भएको छ ।

नेतृ धमला नयाँ शक्तिकी ९ सदस्यीय पदाधिकारीमा थिइन् । तर उनलाई एकीकृत पार्टीका सचिव वनाउने तयारी थियो धमलालाई । तर उनले स्वीकार गरिनन् ।

पदीय जिम्मेवारी नस्वीकारेपछि भने डा वावुरामलाई अर्काे ब्यक्ति पदाधिकारी चयनमा समस्या आईप¥यो । उनले पछि थप्ने गरी अहिले खाली राख्ने प्रस्ताव उपेन्द्रसँग राखे ।

अन्ततः २५ सदस्यीय पदाधिकारीमा २३ सदस्यीय मात्र अहिले रह्यो । २ सदस्य पदाधिकारी (सचिव) पछि थप गर्ने निर्णयमा समाजवादी पार्टी नेपाल पुग्यो ।

एकीकृत पार्टी निर्माण गर्दा पार्टीभित्र छलफल नै नगराईएको भन्दै नेतृ धमला र उनका पति देवेन्द्र पराजुली असन्तुष्ट छन् । नेतृ धमलाले यो विषयमा केही वताइनन् । तर उनका पति पराजुलीले भने सामाजिक सन्जालमा असन्तुष्टि नै पोखे ।

पार्टी नेताहरुलाई वैठकका लागि वोलाउने र कुराउने तर केही नेताहरु वसेर एकताको निर्णय लिने शैली नोकरशाही शैली भएको भन्दै पराजुलीले नेतृत्वको आलोचना गरे । उनीहरुका दम्पक्तिको नै पार्टी एकता कार्यक्रममा सहभागिता समेत नदेखिएको नयाँ शक्तिमा रहेका नेता कार्यकर्ताहरुले वताए ।

उनीहरु डा भट्टराईलाई कार्यकारी भूमिका नलिई संघीय परिषदको मात्र अध्यक्ष रहने गरि गरिएको भागवन्डामा पनि चित्त वुझाएका छैनन । पार्टीको कार्यकारी भूमिका उपेन्द्रमा रहनु, पार्टीको नाममा उपेन्द्रकै मात्र पार्टीको झल्को दिने काम हुनु, पार्टीको झण्डा, चुनाव चिन्ह लगायत सवै विषयमा फोरम कै प्रयोग गर्ने गरि सहमति भएकोमा सन्तुष्ट देखिदैनन । यो एकप्रकारको वावुराम जीको समर्पण हो , उनीहरुको धारणा रहेको स्रोत वताउँछ ।

एकता प्रक्रियामा सहभागीता नरहेपछि उनीहरु अव के गर्छन् ? अहिले चर्चा चल्न थालेको छ ।

तत्काल कुनै योजना नवनाईसकेपनि उनीहरु नेकपा फर्किन सक्ने आकंलन पनि गर्न थालिएको छ । तर यो विषयमा उनीहरुले कुनै मुख खोलेका छैनन । 

 

प्रतिक्रिया दिनुहोस