गर्मीमा हुन सक्ने यौन समस्या यस्ता छन्

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, २१ : ५०
गर्मीमा हुन सक्ने यौन समस्या यस्ता छन्

डा. सुमनराज ताम्राकार

काठमाडौं । गर्मी मौसममा विभिन्न खाले संक्रामक रोगको जोखिम बढ्छ। महिला र पुरुष दुवैमा विभिन्न किसिमका समस्या निम्तिन सक्छन्। एकातिर कीटाणु, जीवाणु बढ्छन्, अर्कोतिर सरसफाइमा ध्यान पुर्‍याउँदा–पुर्‍याउँदै पनि छालाजन्य समस्या देखिन सक्छ। मौसमअनुसार महिला र पुरुष जननेन्द्रिय वरिपरि पनि अनेक समस्या देखिन सक्छन्। 

पुरुष यौनांगमा देखिने समस्या
त्यसो त पुरुष लिंगको सुपारी आकारको टुप्पा छालाले छोपिएको हुन्छ। जसलाई अग्रचर्म भनिन्छ। पुरुष लिंगमाथिको छाला तल–माथि गर्न, लिंगको टुप्पालाई ओसिलो बनाइराख्न तथा यौन सम्पर्क सहज बनाउन अग्रचर्ममुनि असंख्य स–साना ग्रन्थि हुन्छन्।

यिनै ग्रन्थिबाट उत्पादित रस सरसफाइको अभावमा बाक्लो भई सेतो देखिन्छ। यो स्वाभाविक प्रक्रिया हो। कतिपय अध्ययनअनुसार तुलनात्मक रूपमा अग्रचर्म कटान गरिएका व्यक्तिमा एचआईभीलगायत यौनांगको संक्रमण एवं क्यान्सर हुने सम्भावना कम पाइएको छ।

तर, यसो भन्दैमा सबैले अग्रचर्म कटान गराउनैपर्छ भन्ने चाहिँ होइन। सामान्यभन्दा बढ्ता एवं संक्रमण हुन थालेको खण्डमा प्रभावित भाग चिलाउने, रातो हुने, सुन्निने, दुख्ने आदि हुन सक्छ।

व्यक्तिपिच्छे निश्चित खालको शारीरिक गन्ध कसैलाई मन पर्ने÷नपर्ने हुन्छ। निरन्तर सामीप्य भएपछि पार्टनरको शारीरिक गन्धमा मन पर्ने तथा यसैलाई पनि यौन आकर्षण मानिने हुन्छ।

दुई व्यक्ति बीचको प्रणय सम्बन्ध प्रगाढ हुने कार्यमा शारीरिक गन्धले प्रभाव पार्छ। यस्तो प्रकारको गन्धलाई प्राकृतिक मान्नुपर्छ। यौनांगवरिपरि पसिना आउने र पिसाबको थोपा पर्ने कारण गन्ध बढी आउँछ। कुनै यौन साथीलाई यस्तो खालको गन्ध नमीठो लागेमा गन्धनाशक डिओडरेन्ट प्रयोग गर्न सकिन्छ।

आफ्नो शारीरिक गन्धलाई कसैले नकारात्मक कमेन्ट गरेको खण्डमा सरसफाइमा ध्यान दिन आवश्यक छ। नमीठो शारीरिक गन्धले यौनांग स्पर्श तथा लिंग मुखमैथुन गर्नेलाई नकारात्मक असर पुग्न सक्छ। यसका लागि नियमित सरसफाइ गर्ने, भित्री लुगा नियमित फेर्ने गर्नुपर्छ।

भित्री लुगा (कट्टु) सुतीको राम्रो हुन्छ। पुरुष लिंगमा साबुन, पाउडर वा डिओडरेन्ट प्रयोग गर्दा एलर्जी हुन्छ कि भनेर पनि सजग हुनुपर्छ। जीवाणु तथा ढुसीको संक्रमणको शंका लागेमा सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्छ। 

कहिलेकाहीँ लिंगमाथिको छाला साँघुरिएर वा लिंगमा टाँसिएर अग्रचर्म फेदतिर फर्काउन मिल्दैन अर्थात् टुप्पाको अग्रचर्म साँघुरिएका व्यक्तिको लिंगको छालामुनि सेतो जम्मा हुने सम्भावना बढी हुन्छ। अधिकांश नवजात शिशुमा अग्रचर्म टाँसिएको भए पनि समय क्रमसँगै छुट्टिँदै जान्छ। करिब १० प्रतिशतमा भने यो समस्या यथावत् रहिरहन्छ। उपचारको क्रममा अग्रचर्म कटान गर्नुपर्ने हुन्छ। 

यसबाहेक यौनांगको छाला र लिंग सुन्निने र लिंगमा पंmगल इन्फेक्सनले रातो हुने समस्या गर्मीमा हुन सक्छ। त्यस्तै सोरियासिसको समस्यामा बाक्लो अलग्गै रातो दाग बस्ने तथा हर्पिस संक्रमणमा दुख्ने खालको रातो स–साना बिमिरा तथा पानीको फोका उठ्ने हुन्छ। कृत्रिम जेल वा झोलका कारण पनि लिंगमा एलर्जी हुन्छ, जसले गर्दा रातोपन हुने हुन्छ।

महिला यौनांगमा देखिने समस्या
स्त्री जननेन्द्रिय (योनि) भन्दा माथि रौँले ढाकिएको भागलाई अंग्रेजीमा भल्भा भनिन्छ। शरीरमा अन्य अंगझैँ यहाँ पनि घाउ आउने (अल्सर हुने), दुख्ने, चिलाउने हुन सक्छ। भल्भामा धेरैजसो यौनजन्य संक्रमण (भिरिंगी, हर्पिस, सेन्क्रोइड आदि) का कारण घाउ आउन सक्छ।

त्यसबाहेक आन्द्रालाई पनि असर गर्ने क्रोन्स डिजिज, पटक–पटक मुख तथा आँखामा पनि अल्सर हुने बेहसेट डिजिज तथा इप्स्टिन बार भाइरसको कारणले हुने लिपसुज संक्रमणमा पनि भल्भामा घाउ  आउँछ।

भल्भा सुन्निने, सिस्नुले पोलेभैmँ अनुभव हुने अवस्था पनि आउन सक्छ। योनि तथा पिसाब खुल्ने द्वारमा दुख्ने वा पोल्ने हुन सक्छ।

कतिपय महिलाले यौनांगवरिपरि चिलाउने गुनासो गर्छन्। छालाको समस्या, फंगस भाइरस, जुम्रा तथा चुर्नाको कारण, भिरिंगी, एलर्जीका कारण चिलाउने हुन सक्छ। कहिलेकाहीँ क्यान्सरको पूर्वस्थितिको पूर्वलक्षणका रूपमा पनि चिलाउने हुन सक्छ। यसबाहेक मधुमेह, भिटामिनको कमी, कुपोषणका कारण पनि यौनांगवरिपरि चिलाउने हुन्छ।     

यौनांगवरिपरि देखापर्ने यी लक्षण अधिकांश समय सामान्य खालका हुन्छन्। जसको कारणअनुसार उपचार गर्न सकिन्छ। तर, बिरलै भए पनि यी समस्या क्यान्सरको पूर्वलक्षण हुन सक्ने हुनाले सतर्कता भने अपनाउनुपर्छ।

यौनांगवरिपरि घाउ आउने, पीडा हुने तथा चिलाउनेबाहेक गिर्खा आउने, सेता तथा राता दाग आउने समस्या हुन सक्छ। यस्ता अवस्थामा तुरुन्त चेकजाँच गराउनुपर्छ। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस