गाडी विग्रेपछि मोहन वैद्यको विचल्ली !

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, ०८ : ४७
गाडी विग्रेपछि मोहन वैद्यको विचल्ली !

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)आफुले प्रयोग गदै आईरहेको गाडी विगे्रपछि विचल्लीमा परेका छन् । कुनै वेलाका चल्तापुर्ता नेता वैद्य अहिले आफ्नै विग्रिएको गाडी समेत वनाउन सक्ने अवस्थामा छैनन । सौन्र्दय चिन्तक समेत रहेका वैद्यको गाडी विग्रिएको झण्डै दुई महिना पुग्न लागेको छ । तर उनले गाडी र्ममत गर्न सकेका छैनन । पार्टीभित्र खर्च ब्यवस्थापनमा समस्या देखिएपछि वैद्यले गाडी मर्मत गर्न नसकेका हुन् । तत्कालिन माओवादीमै रहँदा वैद्यले एउटा गाडी पाएका थिए । वैद्य अहिलेसम्म पनि त्यही गाडी चढिरहेका छन् ।
तर उनको गाडी अहिले कामै नलाग्ने गरी विग्रिएको उनको सहयोगीहरुले वताएका छन् । गाडी मर्मतकै लागि अहिले करिव २ लाख लाग्ने भएको छ । उक्त पैसा मर्मतका लागि नभएपछि उनी अहिले पार्टी कार्यलय र निवास आवत –जावत गर्न नै अप्ठायारोमा परेका छन् । कार्यलय र पार्टीका कार्यक्रममा जानका लागि आफुसँग भएको सवारी साधन विग्रेपछि वैद्य अप्ठायारोमा परेका हुन् । उनी अहिले कुनै कार्यकर्ताको मोटरसाइकल लिफ्ट लिएर वा ट्याक्सीमा आवतजावत गर्न थालेको स्रोत वताउँछ ।

वैद्यले बोलाए केन्द्रीय समिति
राजनीतिमा देखिन थालेको धुव्रिकरण र वढ्दो विदेशी रुचीका कारण नेपालको राजनीति गम्भिर मोडमा पुगेको निश्र्कषमा यतिवेला वैद्य छन् । तत्कालिन एमाले र माओवादी केन्द्रवीचको एकतापछिको नेकपा, डा वावुराम भटटराइृ र उपेन्द्र यादवको पार्टीवीचको एक्तापछि आजैवाट वन्न लागेको समाजवादी पार्टी नेपाल र विप्लवको पार्टीमाथीको सरकारी प्रतिवन्ध पछि उनी पनि क्रान्तिकारी शक्तिहरुको धुव्रिकरणमा जोड गरिरहेका छन् । तर उनको जोड सफल वन्न सकिरहेका छैन । उनले खासगरी ,नेत्रविक्रम चन्द विप्लवको नेकपा, गोपाल किराती, आहुति, ऋषि कटटेल लगायत नेताहरुको पार्टी तथा समुहसँगको एकता तथा संयुक्त मोर्चामा जोड गरिरहेका छन् । तर विप्लवको गतिविधि प्रति वैध आफै अझै विश्वस्त वन्न सकिरहेका छैनन । यही वेला वैद्यले  राजनीतिक कोर्सका विषयमा लामो छलफल पार्टीभित्र आवश्यकता भएको वताउन थालेका छन् । त्यसैका लागि उनले पार्टी केन्द्रीय समिति वैठक वोलाएका छन् ।

डेढ महिनापछि उनले केन्द्रीय समिति वैठक वोलाएका छन् । असार १० गते देखि पोखरामा केन्द्रीय समितिको वैठक वैद्यले वोलाएका हुन् । उक्त वैठक १० दिनसम्म निरन्तर चल्ने सन्देश पनि केन्द्रीय सदस्यहरुलाई पठाईसकिएको छ । लामो वैठक किन भन्दै नेताहरुले प्रश्न गर्दा वैद्य गम्भिर भएर केन्द्रीय समितिमा छलफल गर्नुपर्ने एजेण्डा हरु रहेको र लामैं छलफल ति एजेण्डाले माग गर्नेभएकोले लामै वैठक वोलाउनु परेको वैद्यले केन्द्रीय नेताहरुलाई जवाफ दिने गरेको एक केन्द्रीय सदस्यले वताए ।

प्रतिक्रिया दिनुहोस