बाबुराम – उपेन्द्र पार्टी एकता

किन पुगे भट्टराई उपेन्द्रको शरणमा ?

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, ०७ : १६
किन पुगे भट्टराई उपेन्द्रको शरणमा ?

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम वीचको पार्टी एकता आज हुँदैछ । दिँउसो १२ वजे प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी यी दुई पार्टीले पार्टी एकताको औपचारिक घोषणा गर्न लागेका हुन् । एकता पछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने समझदारीमा दुवै पार्टीका नेतृत्वले शनिवार नै हस्ताक्षर गरेका छन् । २०७२ असोज ९ मा तत्कालिन माओवादीलाई रातो स्टिकर लागेको पूरानो घर भएको र यो घरमा वसेर नयाँ चीजको विकास गर्न नसकिने भन्दै डा बाबुराम भटटराईले नयाँ शक्ति निर्माण गर्नु आफुले माओवादी छोडेको घोषणा गरेका थिए ।

तर भट्टराईले यो वीचमा उनले भने जस्तो पार्टी निर्माण त गर्न सकेनन्, शुरुमा उनलाइृ साथ दिएका नेताहरुले नै पछिल्ला दिनमा उनको साथ छोडन थाले । आफु खटिए पनि अन्य नेता कार्यकर्ता नखटिने र पाटीृ निक्कै कमजोर अवस्थामा रहेपछि भटटराईले पून राजनीतिक धुव्रिकरणका लागि अनेक प्रयास गरेका थिए ।

ततकालिन नेकपा माओवादी केन्द्र र एमालेका वीचमा २०७४ असोज १७ मा चुनावी गठवन्धन देखि पार्टी एकता सम्म गर्ने घोषणा गरिरहँदा वावुराम भटटराइृ पनि त्यही गठवन्धनमा आवद्ध थिए ।
तर उनले वीचमा चुनावी सिट भागवन्डामा संगठनको आकार भन्दा वढी सिट माग गरेपछि उनी गठवन्धनमा टिक्न सकेनन् । उनी गठवन्धनवाट वाहिरिन पुगे । काग्रेस लगायत गठवन्धनसँग मिलेर उनले चुनाव लडे ।

उनी त जिते तर उनले पार्टीका अन्य उम्मेदवारलाई जिताउन सकेनन । संघीय संसदमा उनी एक्लै सांसद थिए , प्रदेश ३ र गण्डकी प्रदेशमा पनि एक एक जना मात्र उनको पार्टीका सांसद रहे । तर प्रदेश ३ का सांसद प्रेम तामाङ कानुनी रुपमा उनीसागै रहेपनि संगठनात्मक रुपमा उनीवाट टाढिएर काग्रेस नजिक पुगिसकेका छन् ।

यस्तो वेला भट्टराईले संघीय संसदमा पनि राम्रै स्थानमा पनि राम्रै स्थान रहेको उपेन्द्र यादवको नेतृत्वको संघीय समाजवादी फोरमसँग एकताका लागि हात बढ़ाएका  हुन् । यस अगाडी नै करिव अन्तिम चरणमा पुगेर भत्किएको एकता अहिले भने सफल भएको छ । उनी पार्टी वरियतामा पहिलो नम्वरमा रहेपनि कार्यकारी अधिकारमा खुम्चिन पुगेका छन् । एकीक्ृत पार्टीमा दुई अध्यक्ष रहने, संघीय परिषदको अध्यक्षता भटटराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने समझदारीका वीच आज दुई पार्टीले एकता घोषणा गर्न लागेका हुन् । पार्टी एकतापछि २५ सदस्यीय पदाधिकारीमा पनि उनी अल्पमतमा पर्ने छन् । आफनो तर्फका ९ र उपेन्द्रको तर्फवाट १६ जना नेता रहने गरी २५ सदस्यीय पदाधिकारी वनाउने समझदारी यी दुई पार्टीका वीचमा भएको छ ।
वरियतामा पहलिो आफुले पाएपनि दोश्रोमा उपेन्द्य्र, तेश्रोमा अशोक राई र चौथोमा राजेन्द्र श्रेष्ठ हुने छन् । ३५१ सदस्यीय केन्द्रीय समितिमा यादवको फोरमवाट २ सय र नयाँ शक्तिवाट १५१ जना रहने गरी भागवन्डा टुंगिएको छ ।

भारतमा अरविन्द केजरीवालको उदयवाट प्रभावित भएर डा भटटराईले नेपालमा पनि वैकल्पिक शक्तिका रुपमा नयाँ शक्ति जन्माउन खोजेका थिए । उनलाई नयाँ शक्ति वनाउन साथ दिन खोजेका नेताहरु नै उनलाई छोडेर हिडन थालेपछि उनी पार्टीमा एक्ला जस्ता देखिन पुगेका थिए । देवेन्द्र पौडेल, रामचन्द्र झा, खिमलाल देवकोटा लगायत नेताहरुले पनि उनको साथ छोडेर तत्कालिन माओवादीको मुल धारमै पून फर्किए । उनलाई त्यसवेलाका गंगा श्रेष्ठ, देवेन्द्र पराजुली, कल्पना सुवेदीलगायत ले मात्र अहिले भटटराईलाइृ साथ दिईरहेका छन् । नयाँ वैकल्पिक राजनीतिक शक्ति वनाउन उनले गरेको प्रयास वालुवामा पानी खन्याए सरह मात्र भएपछि वाध्य भई उपेन्द्रसँगको एकतामा पुगेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस