एनआई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंमा

सफल खबर संवाददाता

आइतबार, २२ बैशाख २०७६, १९ : १३
एनआई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंमा

काठमाडौं । एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २६, गोंगबुस्थित गोंगबु शाखाको सोहि वडाका अध्यक्ष ख्याम राजतिवारीबाट आइतबार एक समारोहकाबीच उद्घाटन भएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सुचनाअधिकारी) सुधिरनाथ पाण्डेका अनुसार एनआई सी एशिया मुलुकभर २८२ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूकासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

प्रतिक्रिया दिनुहोस