कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

सफल खबर संवाददाता

आइतबार, २२ बैशाख २०७६, १७ : ३२
कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडबीच आज संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन वीमापोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौता सँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस