यस्ता छन्, जिरा पानी नियमित खानुका फाइदा

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, १७ : ५४
यस्ता छन्, जिरा पानी नियमित खानुका फाइदा

काठमाडौं । जिरालाई सामन्यतया मसलाको रुपमा प्रयोग गरिन्छ । यसलाई पानीमा उमालेर नियमित पिउँदा स्वास्थ्यको लागि निकै फाइदाकारी सावित हुन्छ । यसमा हुने एन्टीअक्सिडेन्ट्स, आइरन, कपर, पोटासियम र म्याग्नेसियले शरिरलाई धेरै समस्याबाट बचाउँछ ।

१. जिरा पानीले एसिडको असरलाई कम गर्दछ। दैनिक बिहान खाली पेटमा पिउनाले पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ ।

२. जिरा पानीले रगत प्रवाह ठिक राख्दछ। साथै हात खुट्टा बाँउडिने समस्या कम गर्छ ।

३. शरिरको अशुद्धी बाहिर निकाल्न मद्धत गर्छ। यसले शरिरलाई डिटक्सीफाइ गर्न सहयोग गरि विभिन्न रोगबाट बचाउँछ ।

४. जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ ।

५. जिराको पानीमा आइरन प्रशस्त पाइन्छ। यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ। शरिरमा हुने रगतको कमीको समस्या टाढा राख्छ ।

६. जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ ।

७. जिरा पानी नियमित पिउँदा शरिरमा बोसोको मात्र सन्तुलित हुन्छ। शरिरको तौल घटाउँन मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस