प्रदेश नम्बर २ का सांसदको सपथ सम्पन्न

आइतबार, ०७ माघ २०७४, १२ : ३२
प्रदेश नम्बर २ का सांसदको  सपथ सम्पन्न

जनकपुर । प्रदेश नम्बर २ का प्रादेशिक सांसदहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । आइतबार बिहान जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश प्रमुख रत्नेश्वरलाल कर्णले जेष्ठ सदस्य जगनलाल चौधरीलाई सपथ ग्रहण गराएका हुन् ।
सोलगत्तै चौधरीले अन्य प्रादेशकि सास्यलाई सपथग्रहण गराए । सपथग्रहणमा कुल   १०२ प्रादेशिक सांसदमध्ये१०० जना सहभागि भए ।
एमाले बाराकी प्रदेश सांसद त्रिलोकी चौधरी र  फोरम सर्लाहीकी प्रदेश सांसद सन्तमाया मुक्तानी सपथ ग्रहण कार्यक्रममा  आइपुग्न ढिलाई भएपछि छुटेका थिए ।  उनीहरु सपथग्रहण कार्यक्रम सकिएपछिमात्रै कार्यक्रमस्थल पुगेका थिए ।
सपथग्रहणपछि पहिलो प्रादेशिक बैठक आगामी २१ गते ११ बजे बस्ने घोषणा गरियो ।

प्रतिक्रिया दिनुहोस