मिर्गौला प्रत्यारोपणका लागि चितवन मेडिकल कलेजले अनुमति  पायो

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, १९ : २९
मिर्गौला प्रत्यारोपणका लागि चितवन मेडिकल कलेजले अनुमति  पायो

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएको छ ।
सोमबार बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले मिर्गौला प्रत्यारोपणका लागि उक्त अस्पताललाई अनुमति दिने निर्णय गरेको हो ।

अनुमति पाएसँगै अस्पतालका अध्यक्ष डा हरिषचन्द्र न्यौपानेले मिर्गौला प्रत्यारोपणको सबै तयारी पुरा गरी छिट्टै प्रत्यारोपण एक महिनामा सुरु गर्ने जानकारी दिए ।

यो संगै नेपालमा मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाउने अस्पतालको संख्या ८ पुगेको छ। मिर्गौला प्रत्यारोपण गर्नेमा सरकारी तर्फ त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र छन् । त्यस्तै निजी तर्फ कलेज अफ मेडिकल साइन्सेस चितवन, ग्रान्डी अस्पताल, निदान अस्पताल र समेरु अस्पताल रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस