मतदातामाथि बेइमानी गरेको छैन, फेरि चुनाव जित्छुः गगन थापा

शनिबार, २५ कार्तिक २०७४, २१ : ००
मतदातामाथि बेइमानी गरेको छैन, फेरि चुनाव जित्छुः गगन थापा


काठमाडौं। काठमाडौको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका गगन थापाले मतदाताको अस्थामाथि आफुले वेइमानी नगरेको बताएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका केन्द्रीय सदस्य थापाले सनिबार कमनमा घरदैलो कार्यक्रमका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

 चुनावी प्रतिष्पर्धामा उत्रिए पछि हार वा जीत हुनु स्वभाविक भएको भन्दै उनले  आफूले बेइमानी नगरेका कारण त्यसकै आधारमा जीत सुनिश्चित भएको दाबी गरे ।
 यसअघि पनि सोही क्षेत्रबाट संविधानसभा सदस्यमा प्रत्यक्ष चुनाव जितेका थापाले मतदाताको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरे ।

 यद्यपि थापाले त्यसमा आफुमात्रै जिम्मेवार नभएको र आफ्नो बाध्यता बारे मतदाता स्वयम जानकार रहेको भन्दै मतदाताकै हातमा आफ्नो हार वा जित रहेको उल्लेख गरे ।

संविधानसभा सदस्यमा काठमाण्डौ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फबाट संविधानसभा सदस्य बनेका नेता थापा स्वास्थमन्त्री पनि बनेका थिए ।

प्रतिक्रिया दिनुहोस