फेसबुके ग्रुपद्धारा शैक्षिक सामग्री वितरण

शनिबार, २५ कार्तिक २०७४, १७ : २६
फेसबुके ग्रुपद्धारा शैक्षिक सामग्री वितरण


गैंडाकोट । सामाजिक सञ्जाललाई सामाजिक काममा प्रयोग गर्दै छिमेकी जीआरआर गु्रप र मिन्से फाउन्नडेसनद्वारा नवलपरासी जिल्लाका अति विपन्न समुदायका विद्यार्थीहरु अध्यनरत गणेश आधारभूत विद्यालयका ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

सामाजिक सञ्जालको सदुपयोग र सकारात्मक कामका लागि प्रयोग गर्ने हो भने समाज सेवाको काम गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि छिमेकी र जिआरआर मिन्से फाउन्डेसनद्वारा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रमका प्रमुख आयोजक छिमेकी गु्रपका ‘एडमीन’ मिलन पौडेलले जानकारी गराए ।
सो फेसबुके ग्रुपले अहिले देशव्यापी रुपमा सामाजिक काम गर्दै आईरहेको बताइएको छ । ग्रुपमा देशरभरका युवाहरु जेडिएका छन् ।  यस ग्रुपका सदस्यहरुले प्रत्येक महिनामा सामाजिक काम गर्ने गरेका छन् । जस अन्र्तगत शुक्रबार नवलपरासीको गैँडाकोट–११ भेँडावारीमा रहेको गणेश आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेका हुन् ।

विद्यालयमा रहेका सबै ४३ जना विद्यार्थीहरुलाई किताब, कापी, स्विटर र टोेपी वितरण गरिएको थियो । ग्रुपका नवलपरासीका सदस्य सागर पराजुलीले विद्यालयका ४३ जना विद्यार्थीहरुलाई एक थान स्विटर र टोपी प्रति विद्यार्थी १ दर्जन कापी, सामान्य ज्ञानको किताब, पेन्सिल, सापनर वितरण गरिएको बताए । यस्तै विद्यालयलाई एक थान फस्टेट बक्स, एक थान ब्याडमिन्टन तथा ४ थान फुटबल समेत प्रदान गरिएको पराजुलीले बताए ।
ग्रुपले आफ्नो ग्रुपमा आबद्ध रहेका सदस्यहरुको जन्मदिन परेकाहरुसँग सामाग्री तथा रकम संकलन गरेर देशभरिका विभिन्न जिल्लामा रहेका अनाथालाय तथा ग्रामिण तथा विपन्न, पिछडीएको समुदायमा रहेको विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर निःशुल्क भोजनसँगै उनीहरुका लागि आवश्यक पर्ने विभिन्न किसिमका सामाग्री वितरण गर्ने गरेको ग्रुपका मिन्से फाउन्डेसनका संस्थापक मीङ्मा शेर्पाले बताए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विपन्न समुदायका रहेको हुँदा विद्यालयका सबै विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएकोे यसै कार्यक्रमकी विशेष अतिथि सिर्जना कंडेलले बताईन् । रमाईलोका लागि फजुल खर्च गरेर गर्ने कार्यक्रमको रकम सामाजिक काममा प्रयोग होस् भन्ने उद्देश्यले एक महिनाभरि जोजस्को जन्मदिन पर्छ उनीहरुले जन्मदिनमा गर्ने खर्च कोहिले सामाग्री तथा कोहिले रकम उपलब्ध गराउने र सोहिबाट कार्यक्रम संचालन गर्ने गरेको शेर्पाले बताए ।

यस्तै  कोहि कसैलाई रगत चाहिए वा अन्य कुनै बिरामी परे आर्थिक अवस्था कमजोर भएमा पनि ग्रपमा आबद्ध सदस्यहरुले सहयोग गर्दै आईरहेको समेत शेर्पाले बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस