नवनिर्मित भवनको उद्घाटन

शनिबार, २५ कार्तिक २०७४, १७ : १७


नारायणगढ । नेपालका लागि पाकिस्तानी राजदुत डा।मजहर जावेदले शनिबार एक कार्यक्रमका बीच पञ्चकुमार कृष्णकुमारी पिया धर्मशाला, चस्मा, औषधि एवं रजिष्ट्रेशन भवनको भरतपुरमा उद्घाटन गर्नुभएको छ ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल परिसरमा निर्माण भएको ती भवनको उद्घाटन गरिएको हो ।

चस्मा, औषधि र रजिष्ट्रेशन भवनको जावेदले उद्घाटन गर्नुभएको थियो भने धर्मशालाको दाता पञ्चकुमार र कृष्णकुमारी पियाले उद्घाटन गर्नुभएको हो । धर्मशाला निर्माण गर्न २३ लाख २२ हजार रुपैयाँ र चस्मा, औषधि र रजिष्ट्रेशन भवन निर्माण गर्न ३७ लाख १० हजार ३६८ रुपैयाँ लागत लागेको सो अवसरमा जानकारी दिईयो । चस्मा, औषधि र रजिष्ट्रेशन भवन निर्माण गर्न पाकिस्तानी राजदुतावासले सहयोग उपलब्ध गराएको हो ।
सो अवसरमा बोल्दै राजदुत जावेदले अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । पाकिस्तानको सहयोगमा अस्पतालमा महत्वपूर्ण कामहरु भएको भन्दै उनले यस्ता क्षेत्रमा काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योती संघका केन्द्रीय महासचिव श्यामकुमार पोखरेल, कोषाध्यक्ष चिजकुमार मास्के, सचिव भरतबहादुर चन्द, समाजसेवी प्रितम मास्के, संघका चितवन शाखाका कार्यवाहक सभापति कृष्णराज
धरेल, भरतपुर महानगरपालिका वडा नं। १० का अध्यक्ष अरुणपीडित भण्डारीलगायतले सो अवसरमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस