यसरी बच्नुहोस्, चट्याङबाट

बुधबार, ०४ बैशाख २०७६, १८ : २८
यसरी बच्नुहोस्, चट्याङबाट

-चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रुखमुनि ओत लाग्नु हुँदैन । प्रायः जमिन र बादलको दूरी कम भइरहने पहाडी भूभागमा -बढी चट्याङ पर्ने सम्भावना रहेकाले पानी परेका वेला यस्तो ठाउँमा बस्नुहुँदैन । 
-दिउँसो ३ देखि ४ बजेसम्मको समयमाचट्याङ पर्ने सम्भावना बढी हुन्छ । तसर्थ, चट्याङ पर्ने संकेत देखिएका वेला घरमै बस्न उचित हुन्छ । 
-चट्याङप्रतिरोधी घर बनाउनुपर्छ । घरमाथि तामाको रड राखेर घरमुनि माटोमा जिआई पाता गाडेमा चट्याङको जोखिम हुँदैन । 
-चट्याङ परेको वेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग गर्नु हुँदैन । साथै, यो वेला धातुको तारबारनजिक बस्नु हुँदैन । 
-चट्याङ पर्ने अवस्था देखिएमा खुला ठाउँमा तथा छत नभएको सवारीसाधनमा भएमा सुरक्षित ठाउँमा जानुपर्छ ।  - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस