नारायणगढमा सचेतना कार्यक्रम

शनिबार, २५ कार्तिक २०७४, १७ : १४
नारायणगढमा सचेतना कार्यक्रम


चितवन। लायन्स क्लव अफ नारायणगढ, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढको संयुक्त आयोजनामा शनिबार ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

नारायणगढस्थित लायन्स चोकमा ट्राफिक सचेतना सम्बन्धी लेखिएको नारा अंकित प्ले कार्ड प्रदर्शन गरिएको थियो । साथै हर्न निषेध कार्यक्रमलाई अझै प्रभावकारी बनाउन ‘म हर्न बजाउँदिन’ लेखिएको स्टीकर सवारी साधनहरुमा टाँसिएको लायन्स क्लव अफ नारायणगढका प्रथम उपाध्यक्ष जीवन गुप्ताले जानकारी दिनुभयो ।

भरतपुरलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको लामो समय भईसक्दा पनि अझै सचेतनाको खाँचो देखिएको सचेतनामुलक कार्यक्रम गरिएको लियो क्लव अफ नारायणगढका अध्यक्ष राजु चौधरीले जानकारी दिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त, लायन्सका पूर्व डिष्ट्रिक्ट गर्भनर प्रभातकुमार जोशी, लायन शान्त पिया, सनद पिया, सुरेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

जनशक्तिको अभाव खेपीरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई सहयोग गर्ने र जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको हो । लायन्स क्लवले यस किसिमका विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । यसअघि लायन्स क्लव अफ नारायणगढ र लियो क्लव अफ नारायणगढले पार्किङ निषेध लेखिएको बोर्ड ट्राफिक प्रहरीलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस